०६ साउन २०८३, बुधबार

सार्वजनिक लेखा समितिले माग्यो मुख्यमन्त्री कार्यालयसँग जवाफ

असार २५, २०७७
सार्वजनिक लेखा समितिले माग्यो मुख्यमन्त्री कार्यालयसँग जवाफ

कर्णाली प्रदेश सभाको सार्वजनिक लेखा समितिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग जवाफ माग गरेको छ ।

बिहीवार बसेको समितिको बैठकले विभिन्न विषयमा जवाफ माग गरेको समितिका सचिव उपेन्द्र गुरुङले बताए ।

‘आर्थिक वर्ष २०७६/०७७ मा कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतबाट मुख्यमन्त्री रोजगार कार्यक्रम, मुख्मन्त्री दलित महिला आय आर्जन कार्यक्रम, एकीकृत बस्ती विकास कार्यक्रमको शीर्षकबाट रकमान्तर गरिएको विषय र कर्णाली उज्यालो कार्यक्रमको नाममा कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूका विभिन्न स्थानीय तहहरूमा भएको रकम निकासाको सम्बन्धमा माननीय अध्यक्षज्यू र समितिका सदस्यहरूबाट माननीय मुख्यमन्त्रीज्यूसँग आर्थिक मसान्त सकिनै लाग्दा रकम निकासाको विषय, खर्च गर्न सकिने आधार, आर्थिक पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व, योजनाहरू छनोटको आधार र प्रक्रिया, अवलम्बन गरिएका नीतिगत विषय र अन्य महत्त्वपूर्ण विषयमा जवाफ मागियो,’ उनले भने ।

कमेन्ट गर्नुहोस्