भालुको पित्तसहित २ जना पक्राउ

संरक्षित वन्यजन्तु भालुको पित्तको अवैध कारोवार गर्ने २ जना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले आज (आइतवार) काठमाडौंको चन्द्रगिरी नगरपालिका–८ कल्याणपुर साउनेपानीबाट मकवानपुर कैलाश गाउँपालिका–१ का २७ वर्षका हरिबहादुर मोक्तान र डाँडाखर्कका २७ बर्षका रामबहादुर लामालाई भालुको पित्तसहित पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) इश्वर कार्कीले बताए ।


Advertisement

पक्राउ परेका दुवै जनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ अन्तर्गत कारवाहिका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाएको महाशाखाले जनाएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्