३२ असार २०८३, बिहीबार

कोभिड-१९ मुक्त बने यी आठ जिल्ला

साउन ४, २०७७
कोभिड-१९ मुक्त  बने यी आठ जिल्ला

कोभिड– १९ को सङ्क्रमण १ सय ५६ जनामा देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न २७ प्रयोगशालामा तीन हजार ७४१ जनामा परीक्षण गर्दा १५६ जनामा सङ्क्रमण देखिएको बताए। 

आज देखिएका सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या १७ हजार ६ सय ५८ जना रहेका छन्।

नयाँ देखिएका सङ्क्रमित सप्तरीका ३२, सर्लाही २५, कैलाली २४, नवलपरासी र बर्दिया १०-१० जना, पर्सा सात, कास्की, म्याग्दी र लमजुङ छ÷छ जना, बाँके र दाङमा पाँच-पाँच जना रहेका छन् । यस्तै ललितपुर, रौतहट, स्याङ्जा, रुपन्देही, डडेल्धुरामा दुई-दुई जना र सुनसरी, सिरहा, बारा, काठमाडौँ, मोरङ, मकवानपुर, बागलुङ, पर्वत, प्यूठान, सल्यानमा एक÷एक जना सङ्क्रमित रहेका छन् । 

 प्रवक्ता डा गौतमका अनुसार आठ जिल्ला कोरोनामुक्त भएका छन् । भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्