०४ साउन २०८३, सोमबार

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि कोशी अस्पतालको ओपिडी सेवा बन्द

साउन १५, २०७७
स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि कोशी अस्पतालको ओपिडी सेवा बन्द

 विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि बिहीबारदेखि बहिरङ (ओपिडी) सेवा बन्द गरिएको छ।

अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि सेनिटाइज गर्नुपर्ने भएकाले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि ओपिडी सेवा बन्द गरिएको मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले जानकारी दिए।

अस्पतालको ओपिडी इञ्चार्जसहित एक कार्यालय सहयोगीमा बुधबार राति सङ्क्रमण पुष्टि भएपछि अस्पतालले सूचना जारी गरी सेवा बन्दको जानकारी दिएको हो। 

अस्पतालमा बिरामीको भीड हुनाले समुदायमा सङ्क्रमण नफैलियोस् भनेर ओपिडी सेवा बन्द गरिएको हो । यसअघि अस्पतालका एक चिकित्सक र स्टाफ नर्समा सङ्क्रमण देखिएको थियो।

अस्पतालबाट दैनिक ७०० बिरामीले स्वास्थ्य सेवा प्राप्त गरिरहेका थिए। ओपिडी सेवा बन्द भए पनि आकस्मिक सेवा र  फिभर क्लिनिक पुनः सञ्चालन रहेको डा दासले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्