×

NMB BANK
NIC ASIA

सुनचाँदी प्रकरणको नालिबेली

नक्कली सुन प्रकरण: तस्करसँग प्रहरी जवानको ७ वर्षदेखि सम्बन्ध, खाने-बस्नेदेखि मोबाइल साटासाट

साउन १८, २०७७

NTC
Premier Steels

नक्कली सुन काण्डमा एकपछि अर्को रहस्य खुल्दै गएका छन् ।

Muktinath Bank

सुन तस्करहरूले फालेर गएको भनिएको झोला तस्करहरूले प्रहरी जवान बहादुरसिंह कठायतलाई शहीद गेट र सुन्धाराको बीचमा रहेको आकाशे पुलमाथि दिएको नयाँ तथ्य खुलेको छ, भने कठायतको ७ वर्ष अघिदेखि ती व्यक्तिहरूसँग सम्बन्ध रहेको पनि खुलासा भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

के थियो घटना ? 


Advertisment
Nabil box
Kumari

महानगरीय प्रहरी वृत्त दरबार मार्गका प्रहरी जवान बहादुरसिंह कठायतलाई साउन १२ गते सुराकीबाट सूचना आयो, काठमाडौंमा सुनको कारोवार हुँदैछ । 

Vianet communication

कठायतले आफूलाई आएको सूचना सादा पोशाकका प्रहरी जवान प्रशन्न श्रेष्ठलाई सुनाए, प्रशन्न र बहादुर साथी हुन् ।

उनीहरूले सुन बरामद गर्ने योजना बनाए ।

योजनापछि १२ गते राति डीएसपी रञ्जन दाहाललाई जानकारी गराउन भन्दै प्रशन्न र बहादुरसिंह उनकोमा गए, तर राति भएकाले भोलि आउन भनियो ।

बिहान सुराकीले प्रशन्नलाई पुनः सूचना दियो, सुन कमलादी हुँदै भारततर्फ जाँदैछ । त्यसपछि प्रशन्नले डीएसपी दाहाललाई सुन तस्करी हुन लागेको जानकारी गराए । कमलादी हुँदै सुन लैजाने सूचना आफूले पाएको पनि बताए ।

उक्त सूचनापछि डीएसपी सहितको टोली अपरेसनका लागि तयार हुन्छ । कमलादी पुग्दा गाडी त्यहाँबाट फुत्किसकेको हुन्छ ।

०००

कमलपोखरीबाट बा६च ५५१९ नम्बरको स्कोर्पियो कमलादी, घण्टाघर, भद्रकाली शहीदगेट हुँदै त्रिपुरेश्वरतर्फ गएको खुल्छ ।

त्रिपुरेश्वरमा ट्राफिक जाम भएपछि गाडी थापाथलीतर्फ मोडिन्छ । प्रहरीको २ वटा मोटरसाइकलले पिछा गरेको थाहा पाएपछि गाडी भाग्न खोज्छ ।

त्रिपुरेश्वर र थापाथलीको बीचमा प्रहरीका २ वटा मोटरसाइकलले गाडीको छेक्छ । छेक्ने क्रममा प्रहरीले खनतलासी गर्न खोज्दा ड्राइभर गाडी अगाडि बढाएर भाग्छन् । गाडीमा ड्राइभर र अन्य २ जना (निलेश सखिया तथा देवान पटेल) हुन्छन् ।

उनीहरू फेरि माइतीघर हुँदै शहीद गेट जान्छन् । प्रहरीले गाडी खनतलासी गर्दा पनि केही नभेटियोस् भन्ने उद्देश्यले निलेश सखियालाई साढे १५ किलो चाँदी (सुनको जलप लगाएको), आधा किलो सुन र २ थान हतियार दिएर सार्वजनिक यातायात चढ्न भन्छन् ।

सार्वजनिक सवारी चढ्ने क्रममा प्रहरी जवान बहादुरसिंह कठायतले सखियालाई फेला पारेर नजिकैको ओभर वृजमाथि लैजान्छन् ।

त्यसक्रममा सखियाले प्रहरी जवानलाई सुनसहित सामान लगेर आफूलाई छाड्न आग्रह गर्छन् । सुन देखेपछि बहादुरसिंहले एउटा ढिक्का लुकाएर १५ किलो सुन फेला परेको भनी डीएसपी रञ्जन दाहाललाई जानकारी गराउँछन् ।

त्यस बेलासम्म पनि कठायतलाई सुन नक्कली हो भन्ने कुरा थाहा नभएको अनुसन्धानका क्रममा पत्ता लागेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ उपरीक्षक (एसपी) श्यामलाल ज्ञवालीले लोकान्तरसँग बताए ।
त्यसपछि आफू बच्न सफल भएको र प्रहरीले सामान लगेको कुरा सखियाले आफ्ना साथीहरूलाई बताउँछन् । 

सखिया हिँड्दै आफ्नो कोठातर्फ लाग्छन्, उनका साथीहरू भने गाडी ललितपुरतर्फ मोडिन्छन् । बाटोमा अघि बढ्दै गर्दा एउटा घरमा ‘फ्ल्याट खाली’ लेखेर फोन नम्बर राखेको देखिन्छ ।

घरपतिलाई फोन गरी आफूहरूलाई फ्ल्याट चाहिएको भन्दै १० हजार बैना दिएर त्यहाँ गाडी राखी बाहिरिन्छन् । 

अर्को बिहान उनीहरू ट्याक्सी लिएर नागढुंगा हुँदै भारततर्फ भाग्ने क्रममा प्रहरीले नवलपरासी पूर्वबाट पक्राउ गर्छ । 

(अभियुक्तहरूले प्रहरीलाई दिएको बयानका आधारमा)

पछि खुल्छ 'सुन' नक्कली

शुरूमा भेटिएको १५ किलो धातुमध्ये आधा किलो सुन र बाँकी सुनको जलप लगाएको चाँदी भएको कुरा पछि मात्र खुल्छ ।

अर्को एक किलो जलप सहितको चाँदी प्रहरी जवान प्रशन्न र बहादुरसिंहका साथी उमेश श्रेष्ठको डेरामा भेटिन्छ ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले चाँदीमा जलप लगाउने मनिष मल्लिक, चाँदी किनिदिने व्यक्ति, सुराकी, २ जना प्रहरी र चाँदी लुकाउने उमेश श्रेष्ठलाई नियन्त्रणमा लिएको एसएसपी ज्ञवालीले लोकान्तरलाई बताए ।

घटनामा संलग्न इल्ताफ हुसेन अन्सारी र सञ्जय पटेल भने फरार छन् ।

प्रहरी जवान कठायत र कौशल पटेलबीच सम्बन्ध

प्रहरी जवान कठायत र देवान पटेलका भाइ कौशल पटेलबीच विगत ५ सात वर्षदेखि सम्बन्ध गरेको अनुसन्धानमा खुलेको छ ।

न्यूरोडमा सुन व्यापार गर्दै आएका पटेल र प्रहरी जवान कठायतले विगतका समयमा मोबाइल फोन साटासाट गर्नेदेखि सँगै बस्ने र खानेसम्म गरेको अनुसन्धान खुलेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय ‘सुनसम्बन्धी काम आएको छ, गर्न सक्छौ भने दिन्छु’ भन्ने खालका कुराकानी भएको समेत देखिएको एसएसपी ज्ञवालीले लोकान्तरलाई बताए ।

पक्राउ परेका सबै जना (प्रहरी जवानहरूसमेत)लाई संगठित अपराधमा मुद्दा दर्ता हुने ज्ञवालीले जानकारी दिए ।

प्रहरी जवानले घुमाए फनफनी 

प्रहरी जवान बहादुरसिंह कठायत र प्रशन्न श्रेष्ठले डीएसपीलाई समेत फनफनी घुमाएको देखिन्छ । 

अनुसन्धानका क्रममा अर्को कुरा के पनि खुलेको छ भने उनीहरूले नक्कली सुन बरामद भएको अघिल्लो दिन राति १५ लाख रुपैयाँका लागि बार्गेनिङ समेत गरेका थिए । कैलाश पटेलले सुन तस्करीका लागि आफ्नो दाइको काममा सहयोग गर्न भनेको अनुसन्धानमा खुल्न आएको एक अनुसन्धान अधिकृतले लोकान्तरलाई बताए ।

सुन तस्करीबारे कठायतलाई अघिल्लो दिन थाहा भएपछि कौशल पटेल र कठायतले १६ किलो सुन लुट्ने योजना बनाएको तथ्य खुल्न आएको ती अधिकारीले जानकारी दिए ।

पहिलेदेखि सुन तस्करीमा संलग्न

इल्ताफ हुसेन लगायतका टीम सुन तस्करीमा पहिलेदेखि नै सक्रिय रहेको अनुसन्धानमा देखिएको छ ।

लकडाउनको मौका छोपी लामो समयपछि फेरि सुन तस्करीमा उनीहरूले प्रयास गरेको देखिएको एसएसपी ज्ञवालीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x