×

NMB BANK
NIC ASIA

७२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रहरी हेडक्वार्टरमा कसरी चल्दैछ काम ?

साउन २०, २०७७

NTC
Premier Steels

नेपाल प्रहरीमा कोरोनाभाइरस (कोभिड– १९) संक्रमण बढ्दो छ । विभिन्न ठाउँमा कार्यरत प्रहरीहरूमा संक्रमण पुष्टि भइसकेको छ ।

Muktinath Bank

पछिल्लोपटक प्रहरी प्रधान कार्यालय नक्सालमा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरी प्रधान कार्यालयमा संक्रमण पुष्टि भएपछि संक्रमण देखिएका २ वटा प्रहरी ब्यारेकलाई खाली गरिएको छ भने हेडक्वार्टरभित्र संक्रमण देखिएका कर्मचारी कार्यरत क्यान्टिनहरू पनि खाली गरेर ‘डिसइन्फेक्सन’ गरेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कुबेर कठायतले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

‘हेडक्वार्टरभित्रका २ वटा ब्यारेक खाली गरेका छौं र खाली ब्यारेकलाई डिसइन्फेक्सन गरिरहेका छौं,’ प्रवक्ता कठायतले भने, ‘क्यान्टिनहरू पनि खाली गराएर अन्यत्र सारेका छौं ।’

Vianet communication

अहिले प्रहरी हेडक्वार्टरमा सर्वसाधारणका लागि आवातजावत बन्द गरिएको छ । प्रहरी प्रधान कार्यालयभित्रको एउटा विभागबाट अर्को विभागमा जान पनि बन्द गरिएको छ ।

भित्र बस्ने प्रहरी कर्मचारीलाई बाहिर निस्कन नदिइएको प्रवक्ता कठायतले बताए ।

‘भित्र बस्ने प्रहरीलाई बाहिर जान दिएका छैनौं, यस्तै एउटा विभागका प्रहरी अर्को विभागमा जान पनि बन्द गरेका छौं,’ एसएसपी कठायतले लोकान्तरसँग भने । 

हेडक्वार्टर बाहिर बस्ने प्रहरी अधिकृत जवानहरूलाई सिधा घर र घरबाट अफिस आफ्नो विभागमा मात्र आउजाउ गर्न निर्देशन दिइएको छ । 

प्रहरी हेडक्वार्टरलाई कोरोनाभाइरसबाट जोगाउन डिसइन्फेक्सन गरिराखेको छ । 

देशभरिमा प्रहरी उपरीक्षक (एसपी) सहित २ सय ५८ जना प्रहरीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको र ९९ जना कोरोना भाइसरमुक्त भएर सेवामा फर्किसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

स्याङ्जामा जिल्ला प्रहरी कार्यालयका प्रमुख सहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

२ जनामा कोरोना संक्रमण देखिएपछि महानगरीय ट्राफिक प्रहरी कार्यालयअन्तर्गत बग्गीखाना पनि पूर्ण रूपमा सिल गरिएको छ ।

एपीएफका १३१ जनामा कोरोना संक्रमण

सशस्त्र प्रहरी बल (एपीएफ) का १ सय ३१ जना अधिकृत तथा जवानलाई कोरोना संक्रमण पुष्टि भएको सशस्त्र प्रहरी बल प्रधान कार्यालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्यालले बताए । 

‘देशभर रहेका सशस्त्रका ब्यारेकमा रहेका १ सय ३१ जनामा कोरोना देखिएको छ,’ अर्यालले लोकान्तरसँग भने ।

एपीएफका ६८ जना हालसम्म कोरोनामुक्त भइसकेका छन्, अन्यको भने उपचार भइरहेको छ ।

सेनाका १०३ सकल दर्जा संक्रमित

नेपाली सेनाका १ सय ३ जना सकल दर्जा कोरोना संक्रमित भएको नेपाली सेनाले जनाएको छ ।

‘१ सय ३ जनामा कोरोना देखिएको छ, जसमध्ये ७६ जना त कोरोनामुक्त भइसक्नुभएको छ,’ प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौड्यालले लोकान्तरसँग भने ।

अन्य २७ जना उपचाररत छन् । २ जना कोरोना अस्पताल बलम्बु, १ जना सैनिक अस्पताल र अन्य २२ जना उपत्यकाबाहिर रहेको प्रवक्ता पौड्यालले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x