०८ साउन २०८३, शुक्रबार

अलपत्र ११ सय नेपाली स्वदेश फर्किए

अलपत्र ११ सय नेपाली स्वदेश फर्किए

विभिन्न मुलुकमा अलपत्र एक हजार एक सय १५ नेपाली स्वदेश फर्किएका छन्।

कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई विभिन्न एयरलाइन्सको उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्काएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार आवागमन र प्रस्थान दुवै गरी १२ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन्। नेपाल एयरलाइन्सले जापानबाट २ सय ६४ यात्रु र तीन बच्चा काठमाडौँ ल्याएको छ। त्यस्तै कतारको दोहाबाट १ सय ५१ यात्रु नेपाल ल्याएको छ। 

सोही एयरलाइन्स थप नेपालीको उद्धारका लागि दोहा र दुबई प्रस्थान गरेको विमानस्थलले जनाएको छ। हिमालय एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट १ सय ५३ यात्रु र दोहाबाट १ सय ५२ यात्रु काठमाडौँ ल्याएको छ। थप नेपाली ल्याउन हिमालयको जहाज दोहा र अबुधाबी उडेको छ। 

त्यस्तै एयर अरेबियाले सारजाहाबाट १ सय ६५ नेपाली काठमाडौँ ल्याएको छ। फलाई दुबईले दुबईबाट १ सय ५४ र मालिन्दो एयरले क्वालालम्पुरबाट १ सय ७६ नेपाली काठमाडौँ ल्याएको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। बुधबार पनि विभिन्न देशबाट नेपालीको उद्धारका लागि आगमन र प्रस्थान दुवै गरी १५ वटा चार्टर्ड उडान हुने विमानस्थलको तालिका छ। मंगलबार आन्तरिकतर्फ पनि नौ वटा एयरलाइन्सले विभिन्न गन्तव्यमा चार्टर्ड उडान गरेका छन् । 

 

salt training

कमेन्ट गर्नुहोस्