३१ असार २०८३, बुधबार

सुर्खेतका नागरिककाे ज्यान जोखिममा, सडक निर्माणमा छैन प्रदेशको ध्यान

साउन २१, २०७७
सुर्खेतका नागरिककाे ज्यान जोखिममा, सडक निर्माणमा छैन प्रदेशको ध्यान

कर्णाली प्रदेशको राजधानी बनेपछि उत्साही भएका वीरेन्द्रनगरका बासिन्दा साढे दुई वर्षमै निराश बनेका छन्।

वर्षेनी अर्बौं रुपैयाँ फ्रिज गराउँदै आएको कर्णाली सरकारले मुख्य बजारका सडक निर्माण गर्न नसकेपछि नागरिक निराश मात्र हाेइन आक्राेशित बनेका छन्।

वीरेन्द्रनगर ६ का व्यापारी अस्मिता कार्कीले भनिन्, ‘प्रदेश सरकार आउँदा अत्यन्तै उत्साह लागेको थियो। बाटा बन्लान, खानेपानीको समस्या समाधान होला, फोहोरमैलाको व्यवस्थापन होला भन्ने लागेको थियो। तर त्यो सबै आशा निराशा बन्याे।’

सुर्खेत कर्णालीकाे राजधानी बनेसँगै कर्णालीमा सवारी साधनको जाम बढन थालेको छ।

अहिले लकडाउन केही हदसम्म खुले पनि सबै नागरिक वीरेन्द्रनगरमा आइसकेका छैनन्। स्थानीय कमल शाही सहज वातावरण बनेपछि जाम बढ्ने चिन्ता व्यक्त गर्छन्। सरकारले त्यसतर्फ ध्यान नदिएकाे  उनकाे आराेप छ।

वीरेन्द्रनगरकै कमल थापाले सरकारले बजेटकाे सदुपयोग गरेर राजधानीको विकास गर्नुपर्ने बताए। ‘सदनमा तीन तिहाइ नेकपाकै छ। प्रतिपक्षी दल कांग्रेसले पनि सरकारलाई पहिले आकर्षक राजधानी बनाऔं भनेकै छ,’ उनले गुनासो पोखे, ‘कार्यकर्तालाई बजेट वितरण गर्न बानी परेकाले किन राजधानीमा विकास गर्थे र?’

उनले अव्यवस्थित विकासका कारण दुर्घटनाकाे जाेखिम बढेकाे उनकाे भनाइ छ। 

salt training

कमेन्ट गर्नुहोस्