×

NMB BANK
NIC ASIA

कोरोनाले मृत्यु भएकामध्ये ५७.३ प्रतिशत दीर्घरोगी

साउन २६, २०७७

NTC
Premier Steels

कोभिड–१९ ले मृत्यु हुनेमा कुनै न कुनै दीर्घरोग (कमोरबिडिटी) भएकाको संख्या बढी छ । कोरोना विशेष लक्षणबाट मृत्यु हुनेको संख्या न्यून छ ।

Muktinath Bank

पहिलो पटक गत जेठ ४ मा सिन्धुपाल्चोककी ३९ वर्षीया महिलाको कोरोनाले निधन भएको थियो । त्यसयता आइतबार दुईसहित ७५ जनाको मृत्यु भइसकेको छ । यो संख्या जम्मा संक्रमित (२२ हजार ९ सय ७२ जना) को ०.३ प्रतिशत हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मृत्यु हुनेमा १६ जना (२१.३३ प्रतिशत) महिला र ५९ जना (७८.६६ प्रतिशत) पुरुष छन् । जसमा दुई भारतीय पुरुष र एक चिनियाँ महिला छन् । दुई बालक र एक बालिकाको समेत कोरोनाले मृत्यु भएको छ ।


Advertisment
Nabil box
Kumari

‘बढी उमेर भएका व्यक्तिमा संक्रमण र मृत्युदर बढ्दै गएको छ, यो चिन्ताको विषय हो,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने । उनका अनुसार ज्येष्ठ नागरिकमा मृत्यु बढी देखिए पनि सबै उमेर समूहमा कोभिड जटिलताको जोखिम छ । कोरोनाको अनुसन्धान गरिरहेका जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले मृत्यु भएकामध्ये ५७.३ प्रतिशत (३३ पुरुष र १० महिला) मा एक वा त्योभन्दा बढी दीर्घरोग देखिएको बताए ।

Vianet communication

घरबाहिर बढी निस्किने उमेर समूहको व्यक्तिबाट हुन सक्ने संक्रमणको जोखिममा ज्येष्ठ नागरिक रहेको उल्लेख गर्दै डा. अधिकारीले भने, ‘ज्येष्ठ नागरिकलाई संक्रमणबाट जोगाउनु परिवार, समाज, आफन्तको दायित्व हो, नत्र यो वर्गमा कोरोनाले मृत्युलगायत जटिल स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।’ हालसम्म सबैभन्दा कम उमेरअन्तर्गत ४९ दिने बालक र सबैभन्दा बढी ८५ वर्षीया महिला र पुरुषको कोभिडले मृत्यु भएको छ । गण्डकी प्रदेशका ४९ दिने बालकको असार १७ गते त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो भने पर्साकी ८५ वर्षीया महिलाको साउन ७ गते र काठमाडौंका ८५ वर्षीय पुरुषको असार १९ गते मृत्यु भएको थियो । कोरोनाले ज्यान गुमाउनेमध्ये १६ जना (२१.३ प्रतिशत) विदेशबाट आएका हुन् । जसमा भारतबाट आएका १३ तथा कतार, चीन र मलेसियाबाट आएका एक–एक जना छन् ।

आधाभन्दा बढीले आफूलाई संक्रमण भएको थाहै नपाई मृत्युवरण गरेको पाइएको छ । ४३ जना (५७.३ प्रतिशत) को मृत्युपछि पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । ‘पाँच जना (६.७ प्रतिशत) को मृत्यु एक अस्पतालबाट अर्कोमा सार्दासार्दै बाटोमै भएको हो,’ डा. बीसीले भने, ‘२० जनाको मृत्यु आईसीयू/भेन्टिलेटरमा भएको हो ।’

आइतबारसम्म देशभर कोरोना संक्रमित ७३ जना आईसीयू र एक जना भेन्टिलेटरमा छन् ।

कोरोनाले प्रदेश–२ मा सबैभन्दा बढी ३२ जनाको मृत्यु भएको छ । उक्त प्रदेशको पर्सामा मात्रै १८ जनाको ज्यान गइसकेको छ । दोस्रोमा प्रदेश ५ छ । त्यहाँ १० जनाको मृत्यु भएको छ । सबैजसो जिल्लामा संक्रमण देखिए पनि कोरोनाबाट मृत्यु हुनेहरू भने ३२ जिल्लाका छन् । कान्तिपुर दैनिकमा अतुल मिश्रले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x