×

NIC ASIA

अपराधको नयाँ स्वरूप

सामाजिक सञ्जालबाट ठगी: एकै महिलाको डेढ करोड स्वाहा, सिभिल इन्जिनीयर समेत फन्दामा

काठमाडाैं | बैशाख २३, २०८१

Prabhu Bank
NTC
Premier Steels

पर्वतकी सानु तामाङ (नाम परिवर्तन) लाई फेसबूक म्यासेन्जर र ह्वाट्सएपमा एउटा ‘म्यासेज’ आयो । 

Muktinath Bank

म्यासेजमा भनिएको थियो, ‘तपाईं एकदमै राम्रो लाग्यो । तपाईंजत्तिको मान्छेलाई मैले विश्वास गर्नैपर्छ । म विश्व भ्रमणमा जाँदैछु । मेरो केही सामान राखिदिनुहोला ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अपरिचित युवाले यसरी म्यासेज गरेपछि सानुले जवाफ फर्काइन्, ‘म तपाईंलाई चिन्दिनँ, के भन्न खोज्नुभएको हो ?’ फेरि ती युवाले अर्को म्यासेज पठाए, जसमा सुनका गरगहना र नेपाली रुपैयाँको थुप्रो थियो । 


Advertisment
Nabil box
Kumari

त्यसपछि सानुले ह्वाट्सएपमा फोन गरिन् । दुवैबीच भेट्ने कुरा भयो । तर, ती युवाले चलाखीपूर्ण ढंगबाट सानुलाई भेट्न खोजेनन् ।

Vianet communication

गरगहना र पैसा सानुलाई दिँदा सम्पत्ति शुद्धीकरणले पक्राउ गर्ने भएकाले केही रकम दिएर ‘सेटिङ’ मिलाउनुपर्ने भनी भ्रममा पारे ।

२०८० कात्तिकमा सानु र ती युवाबीच सामाजिक सञ्जालमा भएको वार्तालाप औपचारिकतामा मात्रै सीमित भएन । ती युवाले आफूसँग करोडौं रुपैयाँ भएको र त्यो अहिले झिक्न नमिलेकाले ६ लाख रुपैयाँ पठाएको अवस्थामा रकम निकासा गर्न सजिलो हुन्थ्यो भन्दै म्यासेज पठाए । सानुले शुरूमा ६ लाख रुपैयाँ पठाइन् ।

ती युवाले आफू सम्पत्ति शुद्धीकरण विभागको कार्यालयमै रहेको र थप ७ लाख रुपैयाँ चाहियो भनेर फेरि पैसा मागे । सानुले उक्त आग्रह पनि सहर्ष स्विकारिन् । भर्चुअल माध्यममा कुरा गरेकै भरमा पटक–पटक गरेर १ करोड ६८ लाख पठाइसकेपछि पनि ती युवाले यतिका गहना र रकम दिँदा वकिलसँग कागज गर्नुपर्छ भनेर सानुलाई ‘ब्ल्याकमेल’ गर्न थाले ।

सानुको परिवार सबै बेलायतमै बस्दै आएका थिए । राम्रो परिवार भएकैले पनि सानुले ती युवाको विरुद्धमा जान सकिनन् । आफन्तमध्ये एक जनासँग यो घटनाको बेलिविस्तार लगाएपछि सानु झसङ्ग भइन् । 

गत महिना मात्रै उनी पैसा पठाएको प्रमाणसहित नेपाल प्रहरीको साइबर अनुसन्धान ब्यूरो पुगिन् । तर, सानुलाई ती युवा को हुन् भन्ने पूर्ण जानकारी थिएन । ब्यूरोमा उजुरी दिने कि नदिने भन्ने रनभुल्लमा परेर फर्किइन् । ब्यूरोले उजुरी दिनुस्, हामी कारबाही गर्छौं भन्दा उनी सल्लाह गर्ने भनेर फर्किइन् । त्यसपछि फेरि उनी ब्यूरोमा गएकी छैनन् । पारिवारिक समस्या हुने डरले उनी उजुरी दिनबाट पन्छिएको प्रहरीको निष्कर्ष छ ।

****

एक युवाले नाटकीय प्रेम सम्बन्ध बनाएर सिभिल इन्जिनीयर समेत रहेकी युवतीसँग २७ लाख रुपैयाँ ठगी गरेको उजुरी छ । काठमाडौंकै ती युवती शुरूमा ‘स्क्यामर’ युवासँग फेसबूक र ह्वाट्एपमा जोडिइन् । दुवैबीच मीठामीठा गफ भयो । स्क्यामरले आफू बेलायतबाट भारत हुँदै नेपाल आउन लागेको र नेपाल फर्किएपछि सगरमाथा बेसक्याम्पसँग जाने बताएपछि ती युवती मख्ख परिन् ।

युवतीलाई प्रभावमा पार्न स्क्यामरले ‘सगरमाथा भ्रमणमा जान एक करोड रुपैयाँ भए पुग्छ ?’ भनेर म्यासेज गरेपछि युवती झन् उत्साहित भइन् । स्क्यामरले आफूसँग भएको रकम तत्काल नेपाल ल्याउन भन्सार क्लियरेन्स गर्नुपर्ने भन्दै युवतीसँग पटक–पटक गरी २७ लाख रुपैयाँ मागे । २७ लाख बुझाएपछि मात्रै युवती झल्याँस्स भइन् । पछि स्क्यामरमा आएनन् । युवतीले फोन गर्दा व्यस्त देखाउन थाल्यो ।

साइबर ब्यूरोका प्रमुख एसएसपी नविन्द अर्यालका अनुसार यी दुई घटना सामाजिक सञ्जाल दुरुपयोग गरेर स्क्यामरले ठगी गरेका उदाहरण मात्रै हुन्, यस्ता थुप्रै घटनाका पीडितहरू ब्यूरोको सम्पर्कमा आएका छन् । 

****

रुकुमका केशव पुन (नाम परिवर्तन) र सुनिताबीच फेसबूकमा गफ भएको केही दिनमै विवाह गर्नेसम्मको योजना बन्छ । घटना गत महिनाको हो । केशव दुबई पुगेका हुन्छन् भने सुनिता नेपालमै । दुवैबीच भर्चुअल माध्यमबाट अगाध प्रेम बस्छ । केशव बिदामा नेपाल फर्किएपछि विवाह गर्ने योजना रहेको सुनितालाई सुनाउँछन् । तर, बिदा नै नलिएर सुनितासँग भेट्ने र विवाह गर्ने योजनाअुनसार उनी नेपाल फर्कन्छन् ।

नेपाल फर्किएपछि सुनितासँग घुमफिर र सामान खरिदमै २०/२१ लाख रुपैयाँ खर्च हुन्छ । त्यही बीचमा केशव र सुनिताबीच शारीरिक सम्पर्क पनि हुन्छ । केशवले घरकी श्रीमतीसँग ‘डिभोर्स’ गर्छन् । अचम्म कुरा सुनिता पनि विवाहित महिला भएको केशवले थाहा पाउँछन् ।

दुबई लैजाने भनेर केशवले नै सुनिताको राहदानी बनाइदिएका हुन्छन् । एकाएक सुनिता केशवबाट टाढिन्छिन् । सम्पर्कविहीन भएपछि केशवले सुनिताका आफन्तसँग बुझ्दा उनी विदेश उडिसकेकी हुन्छिन् । विदेशमा कमाएको रकम सुनितासँग विवाह गर्ने अभिलासामै सकिएपछि केशव अन्तिममा मात्रै साइबर ब्यूरोको सम्पर्कमा पुगेका छन् ।

****

सिन्धुलीका कमलप्रसाद अधिकारीले फेसबूकमा एउटा पेज बनाए । त्यो पेजमा कोहीसकैलाई बच्चा नपाउने दीर्घकालीन रोग छ भने भर्चुअल माध्यमबाट उपचार गरिन्छ भन्ने उल्लेख थियो ।

ज्योतिषहरुद्वारा परामर्श दिइने उल्लेख गरिएको पेजमा दर्जनौं महिलाहरूले लाइक गरे । त्यही बीचमा एक महिला फेसबूकमार्फत केशवको सम्पर्कमा पुगिन् । फेसबूक लाइभमा बसेकी ती महिलालाई केशवले शरीरका सबै कपडा खोल्न लगाए । संवेदनशील अंगहरू देखाउन भने । त्यतिमात्रै होइन, महिलाई सर्बांग नाङ्गो बनाएर केशवले शरीरका विभिन्न संवेदनशील अंगमा चामल र पैसा राख्न लगाए ।

‘अब तपाईंको बच्चा हुन्छ’ भनेर महिलासँग सम्पर्कमा नआएका केशवले अर्को फेसबूक आईडीमार्फत ती महिलालाई नाङ्गो फोटो पठाएर बार्गेनिङ गर्न थाले ।  महिला झसङ्ग भइन् । केशवले छद्म नामबाट बनाएको आईडीबाट महिलालाई ‘भिडियो डिलिट गर्ने हो भने यति पैसा लाग्छ’ भनेर बार्गेनिङ गरेपछि ती महिला ब्यूरोको सम्पर्कमा पुगेकी थिइन् । ब्यूरोले केही दिनअघि मात्रै केशवलाई पक्राउ गरेर साइबर अपराधमा मुद्दा चलाएको छ । 

****

कैलालीको बेलौरीकी एक युवती सामाजिक सञ्जाललाई विश्वास गरेर त्यसमा आएको निर्देशन ‘हुबहु’ पालना गर्दा यौनहिंसाको सिकार भइन् । साइबर ब्यूरोमा केही दिनअघि मात्रै ती युवती उजुरी लिएर पुग्दा अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू छक्क परे । इन्सपेक्टरको फूली लगाएर खोलिएको फेसबूक पेज तथा आईडी ती युवतीले लाइक मात्रै गरिनन्, च्याट पनि गरिन् । प्रहरीको स्वास्थ्य परीक्षण अब भर्चुअल माध्यमबाटै हुने भनेपछि युवतीले पत्याइन् । 

ती युवक र युवतीबीच संवाद चल्दै गयो । बन्द कोठामा युवतीको सम्पूर्ण कपडा खोल्न लगाइयो । त्यसको फोटो र भिडियो ती युवकले सुरक्षित राखे । ‘तिम्रो स्वास्थ्य परीक्षण भयो, अब रिजल्ट छिट्टै आउँछ,’ भनेर ती युवकले युवतीसँग सम्पर्क गर्न छाडे । शुरू ती युवकले परिचय दिँदा आफू प्रहरीको चिकित्सक भएको बताएका थिए । पछि तिनै फोटो र भिडियो देखाएर अर्को आइडीमार्फत बार्गेनिङ गर्न थाले । एकाएक ती युवक सम्पर्कमा नआएपछि युवती साइबर ब्यूरोमा पुगिन् । प्रहरीले आरोपितको खोजी गरिरहेको छ ।

****

साइबर ब्यूरोका प्रवक्ता एसपी भाग्येन्द्र पुरुष ढकालका अनुसार सामाजिक सञ्जालको दुरुपयोग गरेर स्क्यामरहरूले धेरैलाई ठगी गरिरहेका छन् । कतिको घरबार बिग्रिएको छ, कति कमाएको पैसा गिरोहले खाइदिएपछि सडकमा आइपुगेका छन् ।

‘पछिल्ला दिनमा साइबर अपराध एकदमै चुनौतीको रूपमा देखापरेको छ,’ ढकालले भने, ‘हामीले ब्यूरोमा आएका उजुरीअनुसार अनुसन्धान गरिरहेका छौं । गर्दा घटनाको संवेदनशीलताका कारण तत्काल सम्बोधन गर्न सजिलो छैन ।’ उनका अनुसार फेसबूक, ट्वीटर, युट्युब लगायतसँग सम्बन्धित अनुसन्धान गर्न उतैका कार्यालयमा भर पर्नुपर्ने भएकाले समयमा पीडितको गुनासो सम्बोधन गर्न नसकिएको हो । 

ब्यूरोका अनुसार सामाजिक सञ्जालमार्फत भएका अपराध ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०७९/०८० मा ब्यूरोमा दर्ता भएका उजुरीको संख्या ९ हजार १३ थियो भने यो आर्थिक वर्षको वैशाख १८ गतेसम्म १५ हजार दुई सय ४६ पुगेको छ । सबैभन्दा धेरै फेसबूक र म्यासेन्जर दुरुपयोग भइरहेका छन् ।

एसपी ढकालका अनुसार फोटो म्युटिलेसन (विभिन्न नग्न तस्वीरमा व्यक्तिको मुहार जोडेर अनलाई प्रविधि राख्ने), रिभेन्ज प्रोन (अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने) र रेन्सम वार अट्याक (सम्पूर्ण सूचना आफ्नो नियन्त्रणमा राखेर फिरौती माग गर्ने)जस्ता साइबर अपराध बढेको छ । त्यस्तै, ह्याकिङ, बैंक फ्रड, इ–सेवामार्फत हुने ठगीका घटना बढेका छन् । 

‘अधिकांश ठगीमा पीडितहरुकै लापरबाही देखिन्छ, इसेवाको हकमा ओटीपी नम्बर अरूलाई शेयर गर्न हुँदैन भन्दाभन्दै पनि लोभमा परेर दिएको पाइन्छ,’ ढकालले भने, ‘बैंक तथा वित्तीय संस्थाका एकाउन्ट नम्बरको भेरिफाई नगरि पैसा पठाउँदा पनि ठगिएका छन् । यसमा पीडितहरू पनि संवेदनशील हुनुपर्ने देखिन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x