मंसिर १०, २०८०
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
काठमाडाैं | जेठ १०, २०८१
‘माननीयज्यूले जुन लोगो लगाउनुभएको छ, त्यससँग त निकै परिचित हुनुहुन्छ होला नि ?’, वैशाख २६ मा शपथ लिएपछि २८ गते संसद् भवन छिरेका प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङलाई प्रश्न गरियो । यो प्रश्न र जिज्ञासाको कारण थियो, सुहाङको बुवा स्वर्गीय सुवास नेम्वाङ लामोसमय प्रतिनिधि सभा र संविधानसभामा महत्त्वपूर्ण भूमिकामा थिए । लामो समयसम्म बुवाले लगाएको संसद्को लोगो यतिखेर सुहाङले लगाइरहेका छन् ।
जवाफमा उनले भने, ‘हो शपथपछि यो लोगो सम्माननीय सभामुखले लगाइदिनुभयो । यो हराउनुहुन्न भन्नुभएको छ । हराए महंगो पर्छ भन्नुभएको छ । तर, घरमा सांसद्को ३ थरि लोगो छ । म यो लोगोसँग एकदमै परिचित छु ।’
संघीय संसद्मा कम उमेरका मध्ये एक सुहाङ जुन दिनदेखि संसद् भवन छिरे, त्यो दिनदेखिकोे दृश्यले भने मनमा केही कुरा खेलेको छ । सुहाङले यस्ता दृश्य देखेका, पढेका हुन् । बुवा सुवास नेम्वाङले जीवनमा पटक–पटक भोगेका भोगाइ हुन् । तर, संसद् भवन प्रवेशको पहिलो दिनदेखि सदन अवरोधको भुक्तभोगी भइरहँदाको अनुभव अलिक भिन्न छ । ‘सदनमा जुन प्रकारको अभ्यास भइरहेको छ, यसबाट हामी युवा पुस्ताले के सिक्ने ? भन्ने प्रश्न मेरो मनमा उठिरहेको छ’, उनले भने ।
सुहाङले पहिलोपटक सदनमा बोल्नुपर्छ भनेर पूरै तयारीमा बसेका छन् । शपथ खाए उनी सदनको शून्य समयमा बोल्ने तयारी गरेरै बसेका छन् । तर, प्रमुख प्रतिपक्षी दलले निरन्तर सदन अवरुद्ध गरेपछि उनको पालो आएको छैन । सुहाङ भाग्यमानी भनौं वा संयोग, संसद् छिरेको एक साताभित्रै सरकारको नीति तथा कार्यक्रम टेबल भयो । प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्यो । तर, पहिलोपटक सदनमा बोल्न नपाउँदा कतै ‘भाग्य छैन कि ?’जस्तो पनि उनलाई महसुस भएको छ ।
‘सदनमा पहिलोपटक बोल्छु भन्ने पूरै तयारीमा छु । शुरूमा सबैलाई धन्यवाद दिन्छु भन्ने मनमा राखेरै बसेको छु । र, सम्मानित सदन सुशासनको मन्दिर भएकाले सुशासनको कुरा उठाउँछु । धेरथोर बजेट गएको छ, तर जनताका लागि काम भएको छैन । सुशासनबाट मात्रै जनताको काम हुन्छ भन्ने मान्यतालाई स्थापित गर्नेगरी सदनमा आफ्नो मत राख्ने योजनामा छु’, नम्र भाषामा बोल्ने सुहाङले भने, ‘हेर्नुस् न, जुन दिनदेखि सदन छिरें, त्यही दिनदेखि सदन अवरोध भइराखेको छ । म बोल्ने पालो कहिले आउला ? भनेर पर्खिराखेको छु । सदन छिर्दाको पहिलो दिनदेखि यस्तो भोगाइको अनुभव लिने पहिलो व्यक्ति शायद म नै हुँ जस्तो लाग्छ ।’
जुन उद्देश्यका लागि अधिवेशन आह्वान गरिएको हो, त्यो उद्देश्यविपरीत कार्य भइरहेकोप्रति सुहाङको चिन्ता छ । ‘सदनको गतिविधिले गलत सन्देश गएको छ । विमति राख्न पाउनुपर्छ, तर यो प्रकारको अभ्यासले व्यवस्थाप्रति वितृष्णा जगाउने काम गरेको छ । यो अभ्यासबाट हामीजस्ता युवाले के सिक्ने ?’, उनले अग्रजहरूलाई प्रश्न गरे ।
राजनीति फोहोरी भयो, व्यवस्था गलत भयो भन्ने भाष्यलाई अहिले सदनमा देखिएको अभ्यासले मलजल गर्ने काम गरेको टिप्पणी सुहाङले गरे । ‘यो बजेट अधिवेशन हो । यतिखेर मुलुकको खस्किएको अर्थतन्त्र कसरी सुधार्न सकिन्छ, जनतालाई कसरी सेवा पुर्याउन सकिन्छ भन्नेमा बहस हुनुपर्ने हो’, सुहाङले भने, ‘वैशाख २८ गतेदेखि शुरू बजेट अधिवेशनदेखि सदनमा देखिएका अभ्यास नसुहाउँदो खालको छ । संवादबाट समस्या सुल्झाउनुपर्छ ।’
बुवाको अनुभूति स्मरण गर्दै सुहाङले अघिल्ला सदनहरूको अभ्यासका विषय औंल्याए । ‘सदनमा बुवाको आफ्नै खालको भूमिका थियो, यसबारे मैले भनिरहनु पर्दैन । बुवा जीवितै हुँदा उहाँले सदनमा खेलेको भूमिका देखेको छु, पढेको छु । नजिकबाट नहेरे पनि अप्रत्यक्ष रूपमा संसदीय अभ्यासबारे जानकार छु । त्यसकारण धेरै टिकाटिप्पणी भन्दा पनि कमजोरीलाई सच्याउनुपर्छ । अग्रजहरूका राम्रा कामलाई अनुसरण गर्नुपर्छ’, सुहाङले भने ।
धेरै टिकाटिप्पणी दोहोर्याएर समाधान नहुने उनको तर्क छ । ‘भएका कुरालाई ‘ब्याक अफ द हेड’ अर्थात् दिमागको पछाडि सुरक्षित राखेर काम गर्नुपर्छ । अहिले जुन ढंगबाट सदनमा आमर्यादित काम भएका छन्, यसलाई सबैले दोहोर्याउनुहुँदैन ।’
प्रतिपक्षी दलमा बुवाका समकालीन नेताहरू छन्, उनीहरूलाई भेटेपछि कस्तो अनुभूति भइरहेको छ भन्ने जिज्ञासामा सुहाङले भने, ‘उहाँहरू सबै मेरा अग्रज र अभिभावक हुनुहुन्छ । धेरैले मेरो भतिज, भाइ भनेर आफ्ना अनुभवलाई शेयर गर्नुहुन्छ । त्यसले मलाई ऊर्जा प्राप्ति र सिकाइ भइरहेको छ ।’
संसद्मा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा संसदीय दलका नेता तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रशिक्षण दिएको उनले बताए । ‘हामी सबैको अभिभावक श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीज्यूबाट सदनमा कसरी प्रस्तुत हुने भन्ने प्रशिक्षण लिएँ । सदनमा मर्यादित भएर बोल्ने, बस्दा हात, खुट्टा कसरी मिलाएर राख्ने, सभामुखलाई कसरी सम्मान गर्ने सबै कुरा मसिनो ढंगबाट प्रशिक्षित गर्नुभएको छ । सोही प्रशिक्षणको सिकाइअनुसार व्यवहारमा कार्यान्वयन गरिरहेको छु’, सुहाङले आफ्नो अनुभव बाँडे ।
संसद् बैठक सकिएलगत्तै दलका नेता तथा पार्टी अध्यक्षको कक्षमा त्यसदिनको सदनमा भएको प्रस्तुतिबारे समीक्षा हुने गरेको उनले बताए । ‘संसद्को बैठक सकिएपछि अध्यक्षज्यूको कक्षमा समीक्षा बैठक हुन्छ । समीक्षामा ठीक भएन भने अग्रजहरूले भोलि यसो गर्ने भनेर सिकाउनु हुन्छ’, उनले भने ।
अग्रजहरू र युवा पुस्ताको संयोजनबाट मात्रै मुलुक अघि बढ्नेमा विश्वस्त सुहाङले भने, ‘इतिहासलाई हेरेर, वर्तमानलाई सच्च्याएर, भविष्यलाई बलियो बनाउने आधार तय गरेर मात्रै अघि बढ्न सकिन्छ भन्ने कुरालाई ध्यान दिए पुग्छ ।’
उदाहरण समेत पेश गर्दै उनले थपे, ‘जस्तोः सर्प आफ्नै गतिमा घिस्रिएर सलल जान्छ, भ्यागुतो हाम फालेर फड्किन्छ, त्यो सर्प र भ्यागुताको आ–आफ्नो शैली हो । त्यसैले आफूलाई त्यही प्रकारले विकास गर्दै, आफ्नो विचारलाई सही ढंगले अगाडि बढाएपछि लक्ष्यमा पुगिन्छ ।’
राजनीतिक परिवारभित्रको हुर्काइ, बुवाले संविधानप्राप्तिका लागि गरेका संघर्ष, व्यवस्था परिवर्तनको लडाइँ, पार्टीभित्रको वैचारिक संघर्षलाई उनले नजिकबाट नियालेका छन् । त्यसैको आधारमा उनले भने, ‘मार्क्सवादको धेरै किताब पढ्न नसकेको हुँला, यद्यपि बहुदलीय जनवादको आलोकमा उभिएको नेकपा (एमाले)को मार्गदर्शक सिद्धान्त, कार्यदिशा र पार्टीले लिएको लक्ष्यप्रति राम्रैसँग जानकार छु ।’
‘समृद्ध नेपाल, सुखी नेपाली’को यात्रा पूरा गर्न मिसन २०८४ को मुख्य आधार सुशासन रहेको उनले बताए ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि समाजमा सबै प्रकारको क्षमता भएका व्यक्तिहरूको आवश्यकता पर्छ । हामी सबै प्रतिभा नै प्रतिभा भएकाले नै यो समाज निर्माण भएको छ । प्रतिभाहरू व्यक्तिअनुसार फरक–फरक छन्, तसर्थ कसको विचार, सिद्धान्त कहाँ उपयुक्त हुन्छ, त्यहीअनुसार प्रतिभा पहिचान गरेर जिम्मेवारी दिनुपर्छ’, उनले भने ।
सुहाङले पटक–पटक दोहोर्याए, ‘हामी जति युवा भए पनि, पढे लेखेको भए पनि, इमान्दार, निष्ठावान र नैतिकवान भएनौं भने देश परिवर्तन हुनै सक्दैन ।’
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...
अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...