०५ साउन २०८३, मंगलबार

भगवती जात्राका उपलक्ष्यमा पाल्पामा सार्वजनिक विदा

साउन २७, २०७७
भगवती जात्राका उपलक्ष्यमा पाल्पामा सार्वजनिक विदा

भगवती मन्दिरमा मेला लाग्ने दिन बुधबार प्रदेश ५ सरकारले पाल्पा जिल्लामा बुधबार सार्वजनिक बिदा दिएको छ।

जिल्लाको ऐतिहासिक रणउजिरेश्वरी भगवती मन्दिरमा विजयोत्सवका रुपमा मनाइँदै आएको रणउजिरेश्वरी भगवती जात्रा राष्ट्रिय स्वाधीनताका लागि लडेको  गौरवपूर्ण इतिहासको उत्सव रहेको प्रदेश ननं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बताए।

मुख्यमन्त्री पोखरेलले म‌ंगलबार शुभकामना सन्देश दिँदै दुई शताब्दीदेखि निरन्तर

चलिरहेको जात्राले नयाँ  पुस्ताका लागि पुर्खाको वीरता गाथाको स्मरण गराउने बताए।

उनले कोभिड –१९ विरुद्धको संघर्षमा रहेका बेला विगतभन्दा फरक ढङ्गले सामाजिक दूरी कायम गरेर जात्रा मनाउन आग्रह गरे।

मन्दिरका अध्यक्ष राजेश्वर उदयले पाल्पाको तानसेनमा युद्धमा जानुअघि कर्णेल उजिरसिंह थापाले तानसेनको भगवतीको पाउ छोएर युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दूरजात्रा गर्ने भाकल गरेको र भाकल पूरा भएपछि गजूरसहितको तीनतले मन्दिर निर्माण गरेको इतिहास उल्लेख भएको बताए।

उनका अनुसार जात्रामा तानसेन नगरपालिका परिक्रमा गर्ने चलन भए पनि यस पटक मनाइने २०२ औंँ जात्रा शृङ्खलामा  सीमित व्यक्तिको सहभागिता हुने छ।

salt training

कमेन्ट गर्नुहोस्