०५ साउन २०८३, मंगलबार

सुकुम्वासीका नाममा हुकुम्वासी बनेका नेता मल्ल नेकपाबाट निस्कासित

साउन २८, २०७७
सुकुम्वासीका नाममा हुकुम्वासी बनेका नेता मल्ल नेकपाबाट निस्कासित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बुटवल उपमहानगर कमिटीले पार्टी सदस्य जीतबहादुर मल्ललाई सांगठनिक सदस्य समेत नरहने गरी कारवाही गरेको छ । 

नगर कमिटी सदस्य मल्लले पार्टीको हितविपरीत काम, विरोधीसँग उठबस, पार्टीको अनुशासन उल्लंघन गरेकाले पार्टीबाट निस्कासन गरिएको नेकपा नगर कमिटी अध्यक्ष बाबुराम पन्थीले जानकारी दिए ।

पन्थीद्वारा जारी विज्ञप्तिमा नगर कमिटी सचिवालय सदस्य मल्लले पार्टी विधान विपरीत गम्भीर प्रकृतिको अनुशासन उल्लंघनको क्रियाकलाप गरेकाले कारवाही गरिएको जनाइएको छ । 

मल्लमाथि नक्कली सर्वदलीय संयन्त्र बनाएर वर्षौंदेखि सार्वजनिक जग्गा अतिक्रमण गर्ने, ठगी गर्ने, विभिन्न संघ–संस्थामा अनियमितता गर्ने गरेको आरोप छ । 

मल्ल सुकुम्वासीका हुकुम्वासी नेताका रूपमा बुटवल–११ मा चिनिन्थे । बुटवल– ११ धेरै सुकुम्वासी रहेको वडा हो ।

मल्लमाथि  विभिन्न टोलका नेता र अगुवालाई समेत प्रलोभनमा पारेर, प्रभावित गराएर नदी तटका सार्वजनिक जग्गा हडप्ने गरेको आरोप छ । 

यसबारे मल्लसँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क गर्न सकिएन । 

हेर्नुहोस्, विज्ञप्ति :
 

salt training

कमेन्ट गर्नुहोस्