२९ असार २०८३, सोमबार

पोखरामा १६ प्रहरीमा कोरोना पुष्टि

भदौ ३, २०७७
पोखरामा १६ प्रहरीमा कोरोना पुष्टि

पोखराको एउटा वडामा एकैपटक १६ जना संक्रमित फेला परेका छन् । वडास्तरमा एकैपटक यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको पहिलो हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार साँझ विज्ञप्ति जारी गरी पोखरा वडा ७ मा १६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

उनीहरुको उमेरसमूह वर्ष २३ देखि ३६ वर्षसम्म छ । स्वास्थ्य कार्यालय कास्कीका स्वास्थ्य अधिकृत बाबुराम आचार्यले दंगा प्रहरी हालै स्याङ्जाबाट फर्केर क्वारेन्टाइन बस्दै आएको बताए ।

त्यस्तै, बागलुङ जिल्लामा ३ महिलासहित ८ जनामा कोरोना देखिएको छ । जसमा बागलुङ नगरपालिका वडा ३ का वर्ष १६, २१ र ३५ का महिला तथा वर्ष ८, १३ र २२ का पुरुष छन् ।

त्यस्तै, जैमिनी ८ का वर्ष २० का पुरुष र बडिगाड गाउँपालिकाका वर्ष ३४ का पुरुष छन् । यो सहित गण्डकीमा कुल संक्रमितको संख्या १ हजार ८ सय १२ पुगेको छ । तीमध्ये ७ जनाको मृत्यु भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्