०४ साउन २०८३, सोमबार

यात्रु तथा कार्गोका लागि ६ अन्तर्राष्ट्रिय उडान

भदौ ४, २०७७
यात्रु तथा कार्गोका लागि ६ अन्तर्राष्ट्रिय उडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज यात्रु तथा कार्गो गरी जम्मा ६ अन्तर्राष्ट्रिय उडान भएका छन्। 

नेपाल वायु सेवा निगम  र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले यात्रु तथा उद्धार उडान गरेका हुन्। हिमालय एयरलाइन्सले ढाकाबाट २४ यात्रु ल्याएको छ। 

सो एयरलाइन्सले काठमाडौँबाट ढाकाका लागि १२३ यात्रु लगेको थियो। नेपाल एयरलाइन्सले चीनको कुनमिङबाट २२ हजार ७६७ केजी कार्गो ल्याएको छ। सोही एयरलान्सको जहाज बिहीबार सुडान प्रस्थान गरेको छ। यात्रु वा कार्गो ल्याउने खुलाइएको छैन।    
    
लनमेइ एयरलाइन्सले कम्बोडियाबाट १५ हजार ४५३ केजी कार्गो नेपाल ल्याएको छ भने यहाँबाट १० हजार ९६० केजी कार्गो कम्बोडिया लगेको छ। श्रीलंकन एयरलाइन्सले कोलम्बोबाट १७ हजार ५५५ केजी कार्गो नेपाल ल्याएको छ। फर्किदा २१ हजार ३३ केजी कार्गो लगेको छ। कतार एयरवेजले दोहाबाट आठ हजार १८३ केजी कार्गो नेपाल ल्यायाएको छ। 

शुक्रबारका लागि जम्मा दुई अन्तर्राष्टिय उडान हुनेछन्। नेपाल एयरलाइन्स सुडानबाट राति ८ः४५बजे काठमाडौँ आइपुग्नेछ। कतार एयरवेज अपरान्ह काठमाडौँ विमानस्थलमा अवतरण गर्ने विमानस्थल कार्यालयको तालिका रहेको छ।

बिहीबार आन्तरिकतर्फ तारा, समिट, मनाङ, कैलाश हेली एयर, एयर डाइनेष्टीले विभिन्न गन्तब्यमा आठ उडान गरेका छन्।    सरकारले विदेशबाट फर्कने नेपालीलाई व्यवस्थापन गर्न क्वारेन्टिनको व्यवस्था नभएको भन्दै उद्धार उडान अनिश्चितकालका लागि स्थगित गरेको छ। भदौँ १ देखि १५ सम्म उद्धार उडान गर्ने कार्यतालिका बनाइएपनि धमाधम एयरलाइन्सले ती उडान तालिका रद्द गरेका थिए।

salt training

कमेन्ट गर्नुहोस्