२३ असार २०८३, मंगलबार

१२ वटै जिल्लाका सिडिओलाई मुख्यमन्त्री पाेखरेलकाे निर्देशन- आवश्यकताका आधारमा निषेधाज्ञा लागू गर्नू

भदौ ८, २०७७
१२ वटै जिल्लाका सिडिओलाई मुख्यमन्त्री पाेखरेलकाे निर्देशन- आवश्यकताका आधारमा निषेधाज्ञा लागू गर्नू

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना रोकथाम तथा उपचारमा भइरहेका प्रयास र गर्नुपर्ने कामबारे प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग एकीकृत भिडियो संवाद गरेका छन्।

मुख्यमन्त्रीलाई प्रमुख जिल्ला अधिकारीले जिल्लाको समग्र अवस्थाको जानकारी दिँदै कोरोना नियन्त्रण र उपचारका लागि गर्ने कामबारे बताए।

एकीकृत भिडियो संवादमा मुख्यमन्त्रीले जिल्लामा क्वारेन्टाइन र आइसोलेसन केन्द्र आवश्यकता अनुसार बनाउन, पिसिआर परिक्षण र कन्ट्याक ट्रेसिङको काम प्रभावकारी बनाउन निर्देशन दिए।

उनले लकडाउन र निषेधाज्ञालाई आवश्यकता र औचित्यको आधारमा गर्न र लकडाउन र निषेधाज्ञा गरिएको जिल्ला र क्षेत्रमा कडाईका साथ पालना गराउनुपर्ने बताए।

उनले भारतबाट आउने नागरिकलाई व्यवस्थित अभिलेख राखी प्रवेश गराउन, होल्डिङ क्वारेन्टाइनमा राखेर सम्बन्धित जिल्लामा पठाउन, सीमाबाट छोटो आवतजावतलाई रोक्न र सीमा नाकामा कडाई  गर्न निर्देशन दिए।

उनले प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिडले श्रृजना गरेको मानवीय त्रासलाई न्युनिकरण गर्न सञ्चार माध्यममार्फत सूचना प्रवाह गर्न तथा कोभिडको उपचार तथा शान्तिसुरक्षाको प्रबन्धलाई अघि बढाउन आग्रह गरे।

salt training

कमेन्ट गर्नुहोस्