×

NMB BANK
NIC ASIA

उपत्यकामा कोरोना नियन्त्रण प्रयास– कसरी हुँदैछ कन्ट्याक्ट ट्रेसिङ र २६ हजार स्वाब संकलन ?

आइसोलेसन कहाँ बनाउने भन्नेमा उपत्यकाका नगरपालिकाहरू अझै अन्योलमा

भदौ ९, २०७७

NTC
Premier Steels

मंगलवार काठमाडौं जिल्लामा रहेका १ महानगरपालिकासहित अन्य ९ नगरपालिकाका मेयरहरूको बैठक राष्ट्रिय सभागृहमा बसेको छ । 

Muktinath Bank

बैठकले कोरोना संक्रमितका लागि बनाउनुपर्ने आइसोलेसनका बारेमा छलफल गर्दैछ । कुन नगरपालिकामा कति आइसोलेसन बनाउने भन्ने बारेमा छलफल भइरहेको कागेश्वरी महानहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले लोकान्तरलाई बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत बिहीवार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौं उपत्यकामा रहेका ३ वटै जिल्लामा ६ हजार आइसोलेसन बेड निर्माण गर्ने निर्णय गरेको थियो । सरकारले निर्णय गरेको ५ दिनपछि उपत्यकाका मेयरहरू बल्ल तातेका छन् । 


Advertisment
Nabil box
Kumari

'हामीले कहाँ–कहाँ आइसोलेसन बनाउन सकिएला भनेर छलफल गरिरहेका छौं,' कगेश्वरी मनहरा नगरपालिकाका मेयर थापाले भने । सोमवार बसेको उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरेको थियो । 

Vianet communication

उपत्यकामा समुदायस्तरमा कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरेको उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताएका थिए ।

परीक्षणका साथसाथै आइसोलेसन सेन्टर पनि निर्माण गर्नुपर्ने हुन्छ । केही दिनमा २६ हजारभन्दा बढी परीक्षण गर्ने निर्णय लिएको उपत्यका नगरपालिका फोरमलाई त्यस परीक्षणबाट प्राप्त हुने पोजिटिभ रिपोर्ट भएकालाई तत्काल आइसोलेसनमा राख्नुपर्ने चुनौती पनि छ । 

उपत्यकामा जहाँतहीँ आइसोलेसन निर्माण पनि सहज छैन । कतिपय ठाउँमा स्थानीयले विरोध गर्न सक्ने सम्भावना कायमै देखिन्छ । केही दिनअघि बानेश्वरमा स्थानीयले डाक्टरहरूलाई आफ्नो समुदायमा आउन निषेधसमेत गरेका थिए । 

कसरी हुन्छ २६ हजारको परीक्षण ?

आजबाट नै परीक्षणको प्रक्रिया शुरू भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका एक कर्मचारीले भने, 'परीक्षण प्रक्रिया आजबाट नै शुरू भएको छ । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका १८ वटा पालिकाका लागि एक/एक जना प्राविधिक तय गरिदिएको छ । ती प्राविधिकहरूलाई सम्बन्धित पालिकाको टीमले सहयोग गर्नेछ ।'

प्रत्येक पालिकाको टीमले फोकल पर्सनको नेतृत्वमा काम गर्नेछ । 

कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन भइसकेपछि परीक्षणका लागि पायक पर्ने प्रयोगशालामा लगिन्छ । 

परीक्षणमा संक्रमण भेटिएकालाई आइसोलेसनमा लैजाने प्रक्रिया पनि तत्काल गरिने ती कर्मचारीले बताए । 

त्यसैका लागि मेयरहरू आइसोलेसन सेन्टर निर्माणमा जुटिरहेका छन् । यद्यपि सरकारले ६ हजार आइसोलेसन निर्माण गर्ने भनेर निर्णय गरिसकेको एक साता बित्न लाग्दा पनि यो प्रक्रिया छलफलमै रहनु दुखद् छ । 

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले आफ्नो नगरपालिकामा २ हजारको परीक्षण गरिने बताए ।

'कुनै नगरपालिकामा २ हजार, कुनैमा ३ हजार गरेर परीक्षण गर्ने निर्णय भएको छ, मेरो नगरपालिकामा परीक्षण गर्नुपर्नेमध्ये सबैभन्दा पहिला संक्रमितको सम्पर्कमा आएका हुनेछन् भने दोस्रो प्राथमिकतामा लक्षण देखिएकाहरू पर्नेछन् ।'

उपत्यकामा कहाँ कति संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अद्यावधिक तथ्यांकअनुसार काठमाडौंमा हालसम्म २ हजार ७सय ७६ जना संक्रमित भेटिएका छन् भने यो संख्या ललितपुरमा ४ सय ४४ र भक्तपुरमा २ सय ८६ रहेको छ । 

उपत्यकामा सबैभन्दा बढी संक्रमित भेटिएको काठमाडौंमा हो । त्योमध्ये पनि काठमाडौं महानगरपालिकामा अझ बढी संक्रमित देखिन्छन् । सबैभन्दा बढी प्रभावित क्षेत्र कोटेश्वर र महाराजगञ्ज हो । हालसम्म यी दुवै क्षेत्रमा २ सय ५० भन्दा बढी संक्रमित फेला परिसकेका छन् । 

त्यस्तै काठमाडौंको सोह्रखुट्टे, कलंकी, बानेश्वर, महाबौद्ध, बालुवाटार, कालीमाटी, बागबजार, हाँडीगाउँ, लैनचौर, नक्साल डिल्लीबजार, स्वयम्भु, टेकु, चाबहिलजस्तै अन्य क्षेत्रहरूमा पनि संक्रमितको संख्या दोहोरो अंकमा देखिएको छ । 

देशको राजधानीसमेत भएकाले उपत्याकामा समुदायस्तरमै संक्रमण फैलिन नदिन संघीय सरकारले पनि यथेष्ट प्रयास गरिरहेको छ । कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरमा सदस्य रहेका एक मन्त्रीले देशको अन्य भागभन्दा बढी प्राथमिकता उपत्यकालाई दिनुपर्ने तर्क गरे । 

'उपत्यकामा पनि विशेष गरेर काठमाडौंलाई हामीले विशेष प्राथमिकतामा राखेका छौं,' उनले भने, '६ हजार आइसोलेसनको निर्माण गर्ने निर्णय गरियो । अहिले २५ हजारभन्दा बढी टेस्ट गर्ने प्रक्रिया थालनी भएको छ । उपत्यकामा समुदायस्तरमै कोरोना फैलियो भने नियन्त्रणभन्दा बाहिर जाने डर हुन्छ ।'

१५ गतेपछि केही सकारात्मक नतिजा प्राप्त हुन्छ कि !

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तथा सीसीएमसीका प्रवक्ता महेन्द्र गुरागाईंले पनि कोरोना रोकथाम र नियन्त्रणमा उपत्यकालाई प्राथमिकतामा राखेको बताए । गुरागाईंले लोकान्तरसँग भने, 'परीक्षण र आइसोलेसन निर्माणमा उपत्यकालाई फोकस गरिएको हो ।' 

एक हप्ताको निषेधाज्ञा सकिएपछि बल्ल काम शुरू हुँदैछ, पहिल्यै परीक्षण र आइसोलेसन निर्माणको तयारी किन गरिएन भन्ने लोकान्तरको अर्को प्रश्नमा उनले भने, 'परीक्षण भइरहेको छ । सबै काम सुचारू नै छन् । कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनको काम सबै स्वास्थ्य सेवा विभागले गरिरहेको छ । काम नै भएन भन्ने होइन ।'गुरागाईंले

जनताले चाहेको संख्यामा एकैचोटी परीक्षण गर्न ल्याबले पनि नधान्ने र आइसोलेसनको संख्या पनि पर्याप्त नभएको स्वीकार गरे । 'सबै काम सन्तुलित ढंगबाट नै भइरहेको छ,' उनले भने, 'एक दुई ठाउँबाट गुनासो के आएको छ भने पोजिटिभ भेटियो, अब त्यसको कन्ट्याक्ट ट्रेसिङ चाहिँ समयमै हुन सकेन भन्ने छ । त्यसलाई थप प्रभावकारी बनाउन हामीले निर्देशन दिएका छौं ।'

उनले अहिले पनि कतिपय ठाउँहरूमा सील गरिएको र निषेधाज्ञा जारी गरिएको भएपनि लक-डाउन चाहिँ नभएको बताए ।

'हामीले पटक–पटक भनेका थियौं, जहाँ संक्रमण बढ्छ त्यहाँ सील गरिन्छ । लक-डाउन सबैतिर गर्ने खालको कुरा भएको छैन भन्ने कुरा हामीले पहिलादेखि नै भनेका थियौं । अब थपिने ७ दिनको निषेधाज्ञापछि पहिलाका संक्रमित सबै निको हुन्छन् भन्ने डब्ल्युएचओको पनि भनाइ हो । १५ गतेपछि केही उपलब्धीमूलक सिनेरियो देख्न पाइएला,' उनले भने ।

निषेधाज्ञा थप एक साताका लागि थप्ने तयारी 

यसैबीच निषेधाज्ञाबारे थप निर्णय लिन आजै काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसिरहेको छ । बैठकमा निषेधाज्ञा र कोरोना नियन्त्रण र रोकथामका अन्य उपायका बारेमा छलफल भइरहेको स्रोतले लोकान्तरलाई बतायो ।

प्रमुख जिल्ला अधिकारीहरूको यसअघि भदौ ३ गतेको बैठकले संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ अनुसार एक साताका लागि निषेधाज्ञा जारी गरेको थियो । उक्त निषेधाज्ञा बुधवार रातिदेखि सकिँदैछ । 

स्रोतले दिएको जानकारीअनुसार निषेधाज्ञा थप एक साताका लागि लम्बिन सक्नेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x