२७ असार २०८३, शनिबार

स्याङ्जामा एम्बुलेन्स दुर्घटना : २ जनाको मृत्यु, २ घाइते

भदौ १४, २०७७
स्याङ्जामा एम्बुलेन्स दुर्घटना : २ जनाको मृत्यु, २ घाइते

स्याङ्जामा एम्बुलेन्स दुर्घटनामा २ जनाको मृत्यु भएको छ । काठमाडौंबाट बिरामी छोडेर फर्केने क्रममा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स वालिङ–५, माझकोटस्थित वालिङ–चापाकोट भित्री कच्ची सडकखण्डमा आइतबार बिहान ४ बजे दुर्घटनामा परेको थियो । 

दुर्घटनामा स्याङ्जा चापाकोट–९ का ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट–१० का २५ वर्षीय श्याम पंगेनीको मृत्यु भएको हो । दुर्घटनापछि घाइते उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

त्यस्तै, दुर्घटनामा एम्बुलेन्स चालक र अर्का एक जना घाइते छन् । 

चालक चापाकोट–९ का ३१ वर्षीय सुरेन्द्र भण्डारी र चापाकोट–९ की २८ वर्षीया पवित्रा पोख्रेल गम्भीर घाइते भएका हुन् । उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरा रेफर गरिएको छ ।

एम्बुलेन्स सडकबाट अन्दाजी २ सय ५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनाको कारण भने खुल्न नसकेको र अनुसन्धान प्रक्रिया सुरु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्