०५ साउन २०८३, मंगलबार

१२ को ज्यान जाने गरी भएको बागलुङ बाढी घटनाले अध्यक्ष प्रचण्ड स्तब्ध

१२ को ज्यान जाने गरी भएको बागलुङ बाढी घटनाले अध्यक्ष प्रचण्ड स्तब्ध
फाइल फोटो।

नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बागलुङको ढोरपाटन–९ को सुकुर्दुङ खोलामा आएको बाढीबाट भएको जनधनको क्षति भएको घटनाले आफू स्तब्ध भएको बताएका छन्।

पूर्वप्रधानमन्त्री प्रचण्डले ट्वीटमार्फत सो घटनामा परी निधन भएकामा श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदनसमेत प्रकट गरेका हुन्।

बुधबार राति परेको अविरल वर्षाका कारण उक्त खोलामा आएको बाढीले बगाउँदा १२ जनाको ज्यान गएको छ भने ४१ जना बेपत्ता भएका छन्।  प्रचण्डले बाढीमा बेपत्ता भएकाको खोजी र उद्धार कार्यमा जुट्न पार्टीका नेता तथा कार्यकर्ता, स्थानीय जनप्रनिधि, सुरक्षा निकाय, समाजसेवीलगायत सबैमा आह्वान गरेका छन्। 

उनले बाढीमा परी निधन, बेपत्ता तथा विस्थापित परिवारजनलाई उचित क्षतिपूर्ति र व्यवस्थापनको लागि सरकारको ध्यानाकर्षणसमेत गराएका छन्।

salt training

कमेन्ट गर्नुहोस्