०२ साउन २०८३, शनिबार

झुटो विवरणका आधारमा नागरिकता लिने उद्योगी पक्राउ

भदौ २३, २०७७
झुटो विवरणका आधारमा नागरिकता लिने उद्योगी पक्राउ
प्रतिकार्यात्मक तस्वीर

झुटो प्रमाण एवं विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय रौतहटबाट नागरिकता लिएका आरोपमा  उद्योगी विप्लवकान्ति बोसलाई मंगलबार हेटौंडामा पक्राउ गरिएको छ।

हेटौँडामा उद्योग सञ्चालन गरेर बस्दै आएका बोसलाई मकवानपुर, पशुपतिनगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको  टोलीले हेटौँडा उपमहानगरपालिका वडा नं  ५ को गर्दोईबाट पक्राउ गरेको बताइएको छ।

 जिल्ला अदालतको पक्राउ पुर्जी र जिल्ला प्रहरी कार्यालयले पठाएको पत्रका आधारमा  पक्राउ गरिएको  प्रहरीले जनाएको हो।

जिल्लाका नायब प्रहरी उपरीक्षक  इन्द्रबहादुर रानाले अभियुक्त बोसलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइने  जानकारी दिए। बोस हेटौँडा औद्योगिक क्षेत्रस्थित सुपरलेमिकोटस प्रालि र गर्दोईस्थित नारायणी मिलका सञ्चालक छन्।  

salt training

कमेन्ट गर्नुहोस्