×

NMB BANK
NIC ASIA

मनमर्जी सरुवा

मापदण्डविनै गरिएको काज सरुवाविरुद्ध कर्मचारी, आर्थिक चलखेलको आरोप

असोज ७, २०७७

NTC
Premier Steels

२ नम्बर प्रदेशमा विभिन्न मन्त्रालयका कर्मचारीको काज सरुवा गरिएको छ ।

Muktinath Bank

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशमा समायोजन भई पदस्थापना भएर कामकाज गर्दै आएका निजामती कर्मचारीको ठूलो संख्यामा काज सरुवा गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भदौ ३० गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यामप्रसाद भूसालले सचिवस्तरीय निर्णय गरेर ५७ जना कर्मचारीलाई काज सरुवा गरेका छन् । प्रशासन समूहका ३० जना, लेखा समूहका १२ जना र स्वास्थ्य सेवा समूहका १५ जना कर्मचारीलाई सरुवा गरिएको छ ।


Advertisment
Nabil box
Kumari

‘कतिपय ठाउँमा रिक्त थियो, कतिपय ठाउँमा कार्यसम्पादनमा गुनासो आएको थियो,’ सचिव भूसालले लोकान्तरसँग भने, ‘साविक दरबन्दी भएको स्थानबाट नै तलब खाने गरी काज सरुवा गरिएको हो ।’

Vianet communication

मापदण्डविनै सरुवा

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको सरुवा मापदण्ड विपरीत भएको कर्मचारीहरू बताउँछन् । प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन नै नबनाएको र संविधानले समेत अधिकार नदिएको अवस्थामा सरुवा गर्नु नै गैरकानूनी भएको नेपाल मधेशी निजामती कर्मचारी मञ्च २ नम्बर प्रदेशका संयोजक बेचानकुमार महतोले बताए ।

उ​द्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा शाखा अधिकृतको रूपमा कार्यरत रहेका महतोले पदस्थापन भएको २ वर्षमा मात्र कर्मचारीको सरुवा गर्नुपर्नेमा समायोजन भएको डेढ वर्ष पनि पूरा नहुँदै गरिएको सरुवालाई कर्मचारीले नमान्ने बताए ।

‘अहिले सरुवाको सिजन पनि होइन, प्रादेशिक निजामती ऐन तथा कर्मचारी सरुवाको मापदण्ड समेत नबनेको अवस्थामा संघीय सरकारको सामान्य प्रशासन मन्त्रालयको अधिकार प्रयोग गरेर मुख्यमन्त्री कार्यालयले सरुवा गरेको छ,’ महतोले भने, ‘कुन कर्मचारीलाई के आधारमा सरुवा गरिएको हो ? त्यसको कुनै एउटा मापदण्ड त हुनुपर्‍यो नि ! तर त्यस्तो कुनै आधार नै नबनाएर सचिवज्यूले आफूखुशी मनमौजी तरिकाले सरुवा गर्नुभएको छ ।’

काज सरुवा गर्दा सम्बन्धित मन्त्रालयको सिफारिस हुनुपर्छ तर मुख्यमन्त्री कार्यालयले विना सिफारिस नै सरुवा गरेका कारण कर्मचारीले सरुवा नमान्ने भनेर मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहलाई जानकारी गराएर ध्यानाकर्षण समेत गराइसकेको उनले बताए ।

सरुवा गर्न मुख्यमन्त्री कार्यालयले सम्बन्धित मन्त्रालयमा अख्तियार प्रत्यायोजन गर्नुपर्ने ठाउँमा सबै अधिकार आफूसँग नै सीमित राखिएकोप्रति पनि उनले आपत्ति जनाए । फेरि काज सरुवा कति दिनसम्मको लागि गरिएको भन्ने कुरा समेत सरुवा पत्रमा उल्लेख नभएको उनले बताए ।

मापदण्ड नभए पनि साविकको निजामती सेवा ऐन अनुरूप नै सरुवा गरिएको तथा आवश्यकताको सिद्धान्त अनुसार नै सरुवा गरिएको सचिव भूसालले दाबी गरे ।

दरबन्दी नै नभएको स्थानमा समेत सरुवा

सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य समूहतर्फ गरिएको कतिपय सरुवा त दरबन्दी नै नभएको स्थानमा समेत गैरकानूनी सरुवा गरिएको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. प्रमोदकुमार यादवलाई सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ । उनी जनरल हेल्थ सर्भिस समूह तर्फको एघारौं तहका अधिकृत हुन् । तर समूहको दरबन्दी सामाजिक विकास मन्त्रालयमा छैन ।

प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा निर्देशकको रूपमा काम गरेका यादवले स्वास्थ्य सामग्री, औषधि, उपकरण तथा औजारदेखि पीसीआर मशिनसम्मको खरिद गर्दा करोडौं रूपैयाँ भ्रष्टाचार गरेको हुनसक्ने भनेर आशंका गरिएका व्यक्तिलाई छानबिन गरेर कारबाही गर्नुपर्ने ठाउँमा झन् पुरस्कृत गरेर दरबन्दी नै नभएको स्थानमा मन्त्रालयकै निमित्त सचिवको रूपमा काम गरेर भ्रष्टाचार गर्न तथा भागबन्डा खानका लागि मन्त्री नबल किशोर साह सुडीकै सिफारिसमा सरुवा गरेर ल्याइएको सामाजिक विकास मन्त्रालयका एक कर्मचारीले नाम नखुलाउने शर्तमा बताए । 

‘उहाँ आपूर्तिमा निर्देशक हुँदा करोडौं रुपैयाँ भ्रष्टाचार गरेर मन्त्रीज्यूलाई कमिसन दिएको हुनाले थप भ्रष्टाचार गराउनका लागि गैरकानूनी काज सरुवा गरेर ल्याउनुभएको छ,’ ती कर्मचारीले भने, ‘त्यति मात्र होइन, इमान्दार भएर काम गर्ने तथा कमिसन दिन आलटाल गर्ने कर्मचारीलाई अन्यत्र पठाएर आफू निकटका मानिसलाई राम्रो ठाउँमा मन्त्रीज्यूले ल्याउनु भएको छ ।’ 

हेल्थ एजुकेसन समूहका नवौं तहको अधिकृत स्तरका कर्मचारी डा. राजीव कुमार झालाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा सरुवा गरिएको छ । जिल्ला अस्पताल महोत्तरीको मेडिकल सुपरिन्टेन्डेन्टको रूपमा कार्यरत रहेका झाको दरबन्दी पनि प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा छैन । तर पनि उनको सरुवा गरिएको छ ।

प्रायःजसो सरुवा दरबन्दी अनुसार नै भएको तथा केही कर्मचारीको विना दरबन्दी पनि सरुवा भएको हुनसक्ने मुख्यमन्त्री कार्यालयका सचिव भूसालले स्वीकार गरे । ‘सामाजिक विकास मन्त्रालयमा लामो समय सचिवज्यू नबस्ने, कम समयमा नै सरुवा हुने अवस्थामा मन्त्रालयको कार्यसम्पादनमा समस्या हुने गर्थ्यो,’ भूसालले भने, ‘त्यसैले निमित्त सचिवको रूपमा काम गराउनका लागि नै डा. प्रमोद यादवको सरुवा गरिएको हो र सम्बन्धित मन्त्रालयको सिफारिसमा नै त्यस्तो सरुवा गरिएको हो ।’

काज सरुवामा आर्थिक चलखेलको आरोप

मापदण्ड विपरीत आफूखुशी काज सरुवा गर्दा आर्थिक चलखेल भएको एक जना कर्मचारी नेताले आरोप लगाए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा काम गर्ने प्रशासन सेवा तर्फका कर्मचारीलाई मालदार अड्डा भनेर चिनिने यातायात व्यवस्था कार्यालयमा सरुवा गरिएको छ । आफू निकटका व्यक्तिसँग आर्थिक लेनदेनको आधारमा नै कमाउ अड्डा भनिने विभिन्न अस्पतालदेखि घरेलु तथा साना उद्योग कार्यालय, मन्त्रालयदेखि अन्य निकायमा सरुवा गरिएको उनले आरोप लगाए । तर आरोप निराधार भएको सचिव भूसालले बताए । कतिपय कर्मचारीले दिएको निवेदन अनुसार माग बमोजिम नै सरुवा गरिएको उनले बताए ।

प्रदेश निजामती कर्मचारीको पदस्थापन, सरुवा तथा काज सम्बन्धी कार्यविधि २०७७ को मस्यौदा समेत तयार पारेर टिप्पणी उठाई मन्त्रिपरिषद्को बैठकमा पेश गर्नका लागि सचिव अर्जुनप्रसाद पोखरेलसमक्ष पेश गरिएको भए पनि टिप्पणी हालसम्म नउठाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक जना कर्मचारीले बताए ।

‘त्यो मस्यौदाको टिप्पणी उठाएर मन्त्रिपरिषद्को बैठकबाट पारित गरायो भने आफूखुशी चलखेल गर्न नपाइने तथा आर्थिक लेनदेन समेत नहुने भएकाले बदनीयतपूर्ण तरिकाले मापदण्ड लागू भएको छैन,’ ती कर्मचारीले बताए । 

यसअघि प्रदेशमा समायोजन भएर पदस्थापनका लागि कर्मचारीहरू आउँदा समेत मुख्यमन्त्री कार्यालयका सचिवदेखि विभिन्न मन्त्रालयका मन्त्री तथा केही मन्त्रीका छोराहरूले आर्थिक लेनदेनको आधारमा पदस्थापन गरेको भनेर आरोप लागेको थियो ।

हेर्नुहोस्, सरुवाको विवरण :

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x