×

NMB BANK
NIC ASIA

नेपालमा कोरोना संक्रमण दर भारतभन्दा दोब्बर

असोज १५, २०७७

NTC
Premier Steels

भारतले सेप्टेम्बर २८ मा ११ लाख ४२ हजार ८ सय ११ जनाको पीसीआर परीक्षण गरेको थियो। त्यसमा ७० हजार ५ सय ८९ जनामा पोजिटिभ पाइयो। यो ६.१७ प्रतिशत हो। 
त्यही दिन नेपालमा १० हजार ८० जनाको परीक्षण गरिएको थियो। तीमध्ये १ हजार ३ सय ५१ जनाको पोजिटिभ रिपोर्ट आयो। त्यो १३.४० प्रतिशत हो। 

Muktinath Bank

केही यताको सरदर परिणाम दुवै देशको यस्तै छ। बुधबार १२ हजार २ सय ५ जनाको परीक्षण रिपोर्ट सार्वजनिक गरिएकामा १ हजार ५ सय ५९ जनामा पोजिटिभ पाइयो। यो १२.७७ प्रतिशत हो। त्यसअघि मंगलबार १४.०५ र आइतबार १५.५३ प्रतिशतमा संक्रमण पाइएको थियो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य मन्त्रालयका विज्ञ डा. सुरेश तिवारीका अनुसार १२ प्रतिशतभन्दा माथिमा पोजिटिभ पाइएमा परीक्षण व्यापक विस्तार गरिनुपर्छ। यसको अर्थ समुदायमा निकै फैलिइसकेको भन्ने लाग्छ। नेपाल त्यो चरणमा प्रवेश गरेको छ। 


Advertisment
Nabil box
Kumari

अघिल्लो महिनासम्म भारतको संक्रमण दर नेपालको भन्दा झन्डै दोब्बर थियो। अहिले ठीक उल्टो अवस्था आएको छ। नेपालको दर भारतको भन्दा दोब्बर मात्र होइन, अझ बढी भइसकेको छ। 

Vianet communication

नेपालले उछिन्यो भारतलाई 

दक्षिणी छिमेकी मुलुक भारत धेरै संक्रमित भेटिएको विश्वकै दोस्रो राष्ट्र बनेको छ। अमेरिकापछि धेरै संक्रमित भेटिएको भारतमा हालसम्म ६२ लाख ४५ हजार ४ सय ४ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।  

पछिल्लो समय सक्रिय संक्रमण दर पनि भारतको भन्दा नेपालको उच्च छ। भारतमा सक्रिय केस १५ दशमलव ४ प्रतिशत छ। नेपालमा २६ दशमलव ८ प्रतिशत पुगेको छ।  भारतमा संक्रमितमध्ये ८३ प्रतिशत निको भएका छन् भने नेपालमा ७२ दशमलव ५ प्रतिशत निको भएका छन्।

नेपालमा हरेक दिनजसो १५ सयको हाराहारीमा नयाँ संक्रमित थपिने गरेका छन्। अहिले सक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ पुगेको छ। जसमध्ये होम आइसोलेसनमा १० हजार ८ सय ४ जना छन्। संस्थागत आइसोलेसनमा १० हजार ८७ जना छन्। पछिल्लो चौबीस घण्टामा १ हजार ५ सय ५९ जना नयाँ संक्रमित थपिएका छन्।

तरकारी बजार, सपिङ मल, सरकारी कार्यालय, बैंक एवं वित्तीय संस्थाहरूबाट संक्रमण फैलिइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले संक्रमणदर बढ्दै गएपछि ६० वर्ष नाघेका वृद्धवृद्धा, मधुमेह, उच्च रक्तचाप, क्यान्सर, डायलासिस गरिरहेका बिरामी र अन्य दीर्घ बिरामीलाई घरबाट ननिस्कन अपिल गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘घरबाट निस्कनै परे अनिवार्यरूपले मास्क लगाउन, दुई मिटरको भौतिक दूरी कायम  गर्न, बेला बेलामा साबुन पानीले हात धुन वा सेनिटाइजर प्रयोग गर्न अनुरोध गर्दछु।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे  नेपालमा कोरोना संक्रमण र मृत्युदर अत्यासलाग्दो भइनसकेको बताउँछन्। उनी भन्छन्, ‘इटालीलगायत कतिपय मुलुकमा मृत्यु हुनेलाई ट्रकमा हालेर लगेको देखिन्थ्यो। नेपालको अवस्थाभारतले सेप्टेम्बर २८ मा ११ लाख ४२ हजार ८ सय ११ जनाको पीसीआर परीक्षण गरेको थियो। त्यसमा ७० हजार ५ सय ८९ जनामा पोजिटिभ पाइयो। यो ६.१७ प्रतिशत हो। 
त्यही दिन नेपालमा १० हजार ८० जनाको परीक्षण गरिएको थियो। तीमध्ये १ हजार ३ सय ५१ जनाको पोजिटिभ रिपोर्ट आयो। त्यो १३.४० प्रतिशत हो। 

केही यताको सरदर परिणाम दुवै देशको यस्तै छ। बुधबार १२ हजार २ सय ५ जनाको परीक्षण रिपोर्ट सार्वजनिक गरिएकामा १ हजार ५ सय ५९ जनामा पोजिटिभ पाइयो। यो १२.७७ प्रतिशत हो। त्यसअघि मंगलबार १४.०५ र आइतबार १५.५३ प्रतिशतमा संक्रमण पाइएको थियो।

स्वास्थ्य मन्त्रालयका विज्ञ डा. सुरेश तिवारीका अनुसार १२ प्रतिशतभन्दा माथिमा पोजिटिभ पाइएमा परीक्षण व्यापक विस्तार गरिनुपर्छ। यसको अर्थ समुदायमा निकै फैलिइसकेको भन्ने लाग्छ। नेपाल त्यो चरणमा प्रवेश गरेको छ। 

अघिल्लो महिनासम्म भारतको संक्रमण दर नेपालको भन्दा झन्डै दोब्बर थियो। अहिले ठीक उल्टो अवस्था आएको छ। नेपालको दर भारतको भन्दा दोब्बर मात्र होइन, अझ बढी भइसकेको छ। 

नेपालले उछिन्यो भारतलाई 

दक्षिणी छिमेकी मुलुक भारत धेरै संक्रमित भेटिएको विश्वकै दोस्रो राष्ट्र बनेको छ। अमेरिकापछि धेरै संक्रमित भेटिएको भारतमा हालसम्म ६२ लाख ४५ हजार ४ सय ४ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।  

पछिल्लो समय सक्रिय संक्रमण दर पनि भारतको भन्दा नेपालको उच्च छ। भारतमा सक्रिय केस १५ दशमलव ४ प्रतिशत छ। नेपालमा २६ दशमलव ८ प्रतिशत पुगेको छ।  भारतमा संक्रमितमध्ये ८३ प्रतिशत निको भएका छन् भने नेपालमा ७२ दशमलव ५ प्रतिशत निको भएका छन्।

नेपालमा हरेक दिनजसो १५ सयको हाराहारीमा नयाँ संक्रमित थपिने गरेका छन्। अहिले सक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ पुगेको छ। जसमध्ये होम आइसोलेसनमा १० हजार ८ सय ४ जना छन्। संस्थागत आइसोलेसनमा १० हजार ८७ जना छन्। पछिल्लो चौबीस घण्टामा १ हजार ५ सय ५९ जना नयाँ संक्रमित थपिएका छन्।

तरकारी बजार, सपिङ मल, सरकारी कार्यालय, बैंक एवं वित्तीय संस्थाहरूबाट संक्रमण फैलिइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले संक्रमणदर बढ्दै गएपछि ६० वर्ष नाघेका वृद्धवृद्धा, मधुमेह, उच्च रक्तचाप, क्यान्सर, डायलासिस गरिरहेका बिरामी र अन्य दीर्घ बिरामीलाई घरबाट ननिस्कन अपिल गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘घरबाट निस्कनै परे अनिवार्यरूपले मास्क लगाउन, दुई मिटरको भौतिक दूरी कायम  गर्न, बेला बेलामा साबुन पानीले हात धुन वा सेनिटाइजर प्रयोग गर्न अनुरोध गर्दछु।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे  नेपालमा कोरोना संक्रमण र मृत्युदर अत्यासलाग्दो भइनसकेको बताउँछन्। उनी भन्छन्, ‘इटालीलगायत कतिपय मुलुकमा मृत्यु हुनेलाई ट्रकमा हालेर लगेको देखिन्थ्यो। नेपालको अवस्था त्यति नराम्रो होइन।’

जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी पीसीआर परीक्षणको दायरा बढाउन नसक्दा नेपालमा संक्रमण दर बढिरहेको बताउँछन्। स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल तीनै तहका सरकारले सुशासन कायम गर्न नसक्दा कोरोना संक्रमण दर बढिरहेको ठान्छन्। त्यति नराम्रो होइन।’

जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी पीसीआर परीक्षणको दायरा बढाउन नसक्दा नेपालमा संक्रमण दर बढिरहेको बताउँछन्। स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल तीनै तहका सरकारले सुशासन कायम गर्न नसक्दा कोरोना संक्रमण दर बढिरहेको ठान्छन्। अन्नपूर्ण पोस्टमा दिनेश गौतमले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x