
प्रदेश ५ को राजधानी दाङको देउखुरी तोक्ने गरी सरकारले शुक्रवार प्रदेश सभामा पेश गरेको प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आन्दोलनमा उत्रिएको छ ।
उक्त प्रस्ताव संसद्मा टेबल भएलगत्तै कांग्रेसका कार्यकर्ताहरूले सडकमा उत्रिएर विरोध जनाएका छन् ।
पार्टी सभापति अब्दुल रज्जाकद्वारा शुक्रवार जारी गरिएको विज्ञप्तिमा कांग्रेस रूपन्देही कठोर आन्दोलनमा उत्रिएको उल्लेख छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले रूपन्देहीलाई अस्थायी राजधानी तोकेको र नेकपाका केही नेताको स्वार्थमा दाङ स्थायी राजधानी तोक्ने निर्णयको विरुद्ध आन्दोलनमा उत्रिन विज्ञप्तिमार्फत अपिल गरिएको छ ।
बहुसंख्यक जनतालाई पायक पर्ने केन्द्र, पूर्वाधारको उपलब्धता आदि हिसाबले उपयुक्त रुपन्देहीबाट राजधानी सारेर दाङ लैजाने नेकपा सरकारको निर्णय अस्वीकार्य हुने कांग्रेसले जनाएको छ ।
आन्दोलनबाट हुने क्षतिको जिम्मेवारी पनि सरकारले नै लिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हेर्नुहोस्, विज्ञप्ति :
