×

NIC ASIA

अहिलेको कोरोना भाइरस संक्रमणको महामारीमा हामीले मुख्य रूपमा रोग प्रतिरोध क्षमता बढाउने खालका पेयपदार्थ तथा खाना खानु जरुरी छ ।

Muktinath Bank

शरीरलाई सधैं तातो बनाउने, सर्दी हुन नदिने खालका पदार्थमा ध्यान दिनुपर्ने हुन्छ । तसर्थ ‘इम्युनिटी पावर’ (रोग प्रतिरोधी क्षमता) बढाउने केही तातो र चिसो पेय पदार्थका केही रेसेपीबारे चर्चा गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इम्युनिटी बुस्टर बिट एप्पल जुस 


Advertisment
Nabil box
Kumari

सामग्री: चुकन्दर ताजा १८० ग्राम, फुजी स्याउ ३५० ग्राम, ताजा बेसार २५ ग्राम, तुलसी २ मुन्टा, कागतीको रस २ चिया चम्चा, कालो नून–चिम्टी, कालो मरिचको धुलो–चिम्टी, सेलरी स्टिक २ पिस

Vianet communication

विधि: सबैलाई मिलाएर जुसरमा जुस निकाल्नु होस् र बिहान–बिहान १ गिलास पिउने गर्नुहोस् । धेरै फाइदा पुर्‍याउँछ र तपाईंको नियमित शक्तिमा अतिरिक्तता देखाउँछ ।

क्यारोट स्विट लाइम ड्रिक्स 

सामग्री: ताजा गाजर ४ पिस, मौसम ४ पिस, अदुवा सानो टुक्रा, हरियो पार्स्ली २ मुन्टा, कागतीको रस २ चिया चम्चा (अतिरिक्त), कालो मरिचको धुलो–चिम्टी, लेमन ग्रास–आधा स्टिक 

विधि: सम्पूर्ण सामाग्री मिलाएर जुसरमा जुस पेल्नु होस् र नियमित पिउने गर्नुहोस्, यो समयमा तपाईंलाई धेरै फाइदा पुर्‍याउँछ ।

आल्मन्ड कर्ड केसर लस्सी

सामग्री: गुलियो ताजा दही ३५० एमएल, भिजाएको ठूलो बदाम (आल्मण्ड) ५पिस, मह २ चिया चम्चा, भेनिला आइसक्रिम २ चिया चम्चा, सुन फ्लावर सिड २ चम्चा, केसर–चिम्टी

विधि: सम्पूर्ण सामग्री मिलाएर बल्यान्डरमा बल्यान्ड गर्नुहोस् र दिनहुँ १–१ गिलास पिउने गर्नुहोस्, फाइदै–फाइदा हुन्छ ।

किवी पपया स्मुथी

सामग्री: ताजा किवी फल २ पिस, मेवा ३५० ग्राम, पानी आवश्यकता अनुसार, मह १ चिया चम्चा, पुदिना २ मुन्टा, टोमाटो जुस–आधा कप

विधि: सम्पूर्ण सामग्री मिसाएर मिक्चरमा पेल्नु होस् र नियमित खानु होस्, तपाईंको इम्युनिटी पावर स्वतः बढ्दै जान्छ ।

बडी वार्मर हर्बल टी

सामग्री: पानी २ गिलास, बेसारको धुलो–आधा चम्चा, अदुवा सानो पिस, तुलसी २ मुन्टा, मिक्स जटी चिया पत्ती–चिम्टी, तेजपात १ पत्ता, मरिचको धुलो आधा–चिम्टी, ताजा कागतीको रस १ चम्चा, चिनी आवश्यकता अनुसार

विधि: चिया ताप्केमा पानी उमाल्नुहोस् र सम्पूर्ण सामग्री हालेर १५ मिनट उमालेर केही समय घटाउनुहोस् । छानेर तातोतातो दिनको ३ पटक पिउने गरेमा शरीर तातो बनाइ राख्ने र सर्दी नहुने हुँदा यो कोरोना महामारीमा धेरै उपयोगी चिया मानिन्छ । सुगर फ्री खानेहरूका लागि पनि यसमा चिनी नहाली पिउँदा हुन्छ ।

हर्बल काडा पानी

सामग्री: पानी १ लिटर, बेसार आधा चम्चा, अदुवा २ टुक्रा, लेमनग्रास वा लिफ २ पिस, टिमुर ५ गेडा, ज्वानो आधा चम्चा, मेथी आधा चम्चा, गुर्जो २ टुक्रा, कालो नून स्वाद अनुसार, जिरा दाना आधा चम्चा, मिस्री स्वाद अनुसार

विधि: पानी उमाल्नु होस् र सम्पूर्ण सामग्री हालेर १५ देखि २० मिनेट उमाल्नु होस् र छानेर दिनहुँ पिउने गर्दा धेरै जाती गर्छ र तपाईंको शरीरलाई तातो राख्न मद्दत पुर्‍याउँछ । चिनी नखानेका लागि विना मिस्री पनि हर्बल काडा बनाउन सकिन्छ ।

एस्परागस सुपर ब्रोकाउली सुपर क्यारोट अल्मन्ड सुपरमुङ दाल सुप
    
सामग्री : ताजा कुरियो ३०० ग्राम, जैतुनको तेल एक चम्चा, लसुन दुई केस्रा, मरिचको धुलो–चिम्टी, नून स्वाद अनुसार, ताजा थाइमा सानो एक मुठा, पानी आवश्यकता अनुसार

विधि : तातेको जैतुनको तेलमा चप गरेको लसुन फुराउनु होस् र ब्राउन हुनासाथ सफा गरेर काटेको कुरिलो हालेर राम्ररी चलाउनु होस् । केही समयपछि आवश्यकता अनुसार पानी हालेर उमाल्नु होस् र बाँकी सामग्री हालेर राम्ररी कुरिलोलाई पाक्न दिनुहोस् । केही चिसो हुनासाथ कुरिलो छुट्याएर मिक्चर गर्नुहोस् र फेरि केही समय पकाएर छानेर नियमित कुरिलो सुप तातोतातो पिउने गर्नुस् । 

ब्रोकाउली सुप र गाजर आल्मन्ड सुप पनि यसरी नै तयार गरेर तातोतातो पिउन सकिन्छ । जुन निकै स्वास्थ र इम्युनिटी पावर दिने सुपमा छानिएको छ । सामान्यतया यी सुपमा बटर र मिठो भुटेर रुक्स बनाएर मिसाउने र क्रिम हाल्ने भए पनि अहिलेको अवस्थामा यी चिजहरू नहाल्दा राम्रो मानिएको छ । 

मुङ दाल सुप पनि अहिलेको यो अवस्थामा निकै राम्रो सुप हो, जसले धेरै स्वास्थ्य सम्बन्धी फाइदा पुर्‍याउँछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x