०३ साउन २०८३, आइतबार

कल्पना तामाङको गजल 'अवसर' सार्वजनिक

कल्पना तामाङको गजल 'अवसर' सार्वजनिक

हाल अमेरिका रहँदै आउनु भएकी कवि तथा गजलकार कल्पना तामाङ द्वारा लिखित गजल  'अवसर' यूट्युव च्यानल हाईलाईट्स नेपाल मार्फत गत आईतबार सार्वजनिक भएको छ । 

"सधैँ यो दिल खुसी हुने अवसर हुँदैन्, तिम्रो नजिक हुने मौका अक्सर हुँदैन्" बोलको यो गजलमा राज सागरको संगीत तथा आवाज रहेको छ । गजलमा रोजेन सुन्दास तथा सलिना पुन मगरको अभिनय रहेको छ । उक्त भिडियोको निर्देशन नयन सिँहले गरेका हुन् । 

निकै लामो समयदेखि कविता, मुक्तक गीत तथा गजल लेखनमा क्रियाशिल रामेछापकी कल्पना तामाङको यस अघि "हिउँको आगो" नामक मुक्तक सङ्ग्रह प्रकाशित भैसकेको छ ।

गजलकार तामाङ मधुवन साहित्यिक प्रतिष्ठान नेपालको कार्यकारी सदस्य समेत हुन् । उनले कविता सङ्ग्रह समेत प्रकाशनका लागि तयारी हुँदै गरेको जानकारी दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्