
एक किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । गएराति करीब १०ः०० बजेको समयमा खोटाङको दिक्तेल बजार स्थित रत्नपार्कमा अन्दाजी १५–१६ वर्षकी किशोरीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २५ वर्षीय धनजीत राई र ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका ३३ वर्षीय चन्द्र राई पक्राउ परेका हुन् ।
आफूमाथि यौन दुव्र्यवहार गरेको भन्दै किशोरीले सामुदायिक प्रहरी सेवा केन्द्रमा दिएको उजुरीका आधारमा दुवै जनालाई गएराति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका दुवै जनाविरुद्ध आज यौन दुव्र्यवहारसम्बन्धी मुद्धा दर्ता गरेर कारवाही शुरु गरिएको जनाइएको छ ।