लेबनानमा नेपाली सैनिकको उच्च प्रशंसा

लेबनानको राजधानी बेरुतको बन्दरगाह क्षेत्रमा खटिएका नेपाली स्वास्थ्यकर्मीको  प्रशंसा भएको छ ।  सो स्थानमा  भएको विस्फोटका घाइतेको उपचारमा संलग्न नेपाली सेनाको स्वास्थयकर्मीको टोली खटिएको थियो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार ‘युनाइटेड नेशन्स इन्टेरिम फोर्स इन लेबनान’ मा खटिएको फौजको मेडिकल सपोर्टका रुपमा उपसेनानी रक्षा भण्डारीसहितको स्वास्थ्यकर्मीको टोलीले भग्नावशेष सफाइ कार्यमा संलग्न फौजलाई कोभिड–१९ को बारेमा सुरक्षा सचेतना अपनाई सुरक्षित कार्य गर्ने वातावरण बनाएको थियो ।

सो टोलीले सफाइ कार्यको दौरान घाइते भएका ८ जना कामदारहरुको राम्रो उपचारसमेत गरेको भनि ‘युनाइटेड नेशन्स इन्टेरिम फोर्स इन लेबनान’का मेजर जनरल स्टेफानो डेल कोलले नेपाली स्वास्थ्यकर्मीको मुक्त कण्ठले प्रशंसा गरेको सेनाले जनाएको छ।  


Advertisement

सेनाको विज्ञप्ति:

फोर्स कमाण्डरद्धारा नेपाली सेनाका स्वास्थ्यकर्मीहरुको प्रशंसा


Advertisement

१.    गत श्रावण २० गतेका दिन मित्रराष्ट्र लेवनानको राजधानी Beirut शहरमा रहेको Beirut Port  ईलाकामा भएको भयंकर बिष्फोटको घटनाका कारण छरपस्ट रुपमा रहेका Debris हटाई नयां निर्माणको थालनीको लागि सयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको स्वीकृती पश्चात United Nations interim Force in Lebanon (UNIFIL) मा खटिएको फौजको Medical Support को रुपमा उप सेनानी रक्षा भण्डारीको स्वास्थ्यकर्मीहरुको टोली Debris सफाई कार्यमा संलग्न फौजलाई कोभिड-१९ को बारेमा सुरक्षा सचेतना अपनाई सुरक्षित कार्य गर्ने वातावरण बनाएको, सफाई कार्यको दौरान घाईते भएका ८ जना कामदारहरुको राम्रो उपचार गरेको भनि UNIFIL Force Commander Major General Stefano Del Col नेपाली स्वास्थ्यकर्मीहरुको मुक्त कण्ठले प्रशंसा गर्नु भएको थियो ।
२.    नेपाली सेना स्वदेश वा बिदेशमा जहां रहदा पनि आपत विपदको समयमा सदैव सहयोगी रहि आएको   छ ।

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्