×

NMB BANK
NIC ASIA

किरणको कीर्ति : अपांगतालाई बिर्सिंदै आमाले छाडेर गएको पैसा समेत खर्चिएर समाजसेवा

कात्तिक १५, २०७७

NTC
Premier Steels

शारीरिक अपांगताका बाबजुद पनि काम गर्न सकिन्छ भन्ने कुराका उदाहरण हुन्, सुर्खेतका ३० वर्षीय किरण सापकोटा ।

Muktinath Bank

कर्णालीमा नै पहिलोपटक जेब्राक्रस निर्माण गर्नेदेखि विभिन्न सामाजिक सुधारका अभियानमा सक्रिय किरणले पोलियोका कारण एक वर्षको उमेरमै आफ्नो खुट्टा गुमाएका थिए । पोलियोका कारण एउटा खुट्टा गुमेपनि उनी समाज सुधारका काममा अगाडि छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी एक वर्षको हुँदा खुट्टा सुक्न थाल्यो । आमाबुवाले उपचारका लागि भारतको लखनउ पुर्‍याए । चिकित्सकहरूले उनलाई पोलियो रोग लागेको बताए । बच्चैमा पोलियो थोपा त खाएका थिए, तर त्यसले काम गरेन छ ।


Advertisment
Nabil box
Kumari

त्यहाँ उपचार सम्भव नभएपछि नयाँ दिल्लीको एपोलो अस्पताल लगियो तर त्यहाँ डाक्टरले पन्ध्र दिन ढिला भएको भन्दै उपचार गर्न नसक्ने जवाफ दिए । १५ दिन अगाडि पुगेको भए शायद उनी आज सपांग हुने थिए । 

Vianet communication

अपांगता भएपनि उनले पढाइलाई ध्यान दिए । मास्टर्समा थेसिसको तयारी गरिरहेका किरण सकारात्मक सोचबाट ओतप्रोत छन् ।

उनी २०५४ सालमा बाल क्लबको अध्यक्ष बने । शारीरिक अपांगता भएता पनि भैली खेल्ने, जिल्लास्तरीय खेलकुद प्रतियोगिताहरू आयोजना गर्ने, फूटबल खेलहरू खेलाउने काम गर्थे । उनीसँग पुरस्कार वितरण गर्ने रकम अभाव हुन्थ्यो । घरबाट उनका बुवाआमाले नै पुरस्कार किनेर दिन्थे अनि उनले वितरण गर्ने गर्थे । घरपरिवारबाट उनले निरन्तर सहयोग पाइरहे । 

‘सानोमा सबै साथीहरू हिँड्थे, आमाले मलाई बोक्नुहुन्थ्यो, मलाई रमाइलो लाग्थ्यो, अरू सबै हिँडने, मलाई हिँड्नै नपर्ने, कस्तो जाति ! त्यति बेलासम्म मलाई आफू हिँड्न सक्दिनँ भन्ने नै थाहा थिएन ।’

त्यसपछि उनका लागि काठको तीनपांग्रे गाडी किनियो । चार कक्षामा पढ्दा मात्र उनले म हिँड्न नसक्ने रहेछु भन्ने कुराको महसूस गरे ।

‘त्यतिबेला म लतारिन्थें । निजी विद्यालयमा अध्ययन गर्ने एक साथी (जो बोर्डिङ तत्कालीन माओवादीले बन्द गराएपछि त्यहाँ अध्ययन गर्न आए) म लतारिएको देखेर घोडा आयो भन्दै म माथि चढ्न खोज्यो । मलाई कमजोर ठानेर भोलिपल्ट पनि त्यही प्रयास गर्‍यो । उसलाई मज्जाले समाएर म आफैं घोडा चढ्न सफल भएँ,’ किरणले स्कूले जीवनको याद हामीसँग बाँडे ।

‘अपांगता भएका विद्यार्थीलाई सरकारी विद्यालयमा कानू आयो, लंगडो आयो भनेर भन्दिन्छन् । मैले मेरो साथीहरूसँग भन्थें– मेरो अपांगतालाई मजाक नबनाऊ, मैले यसलाई उपहारको रूपमा लिएको छु ।’

रेडक्रस भैरव माविमा उनी जुनियर अध्यक्ष भए । हाजिरीजवाफ खेल्थे । कविता पनि लेख्ने गर्थे । उनी कक्षा एकदेखि दशसम्म पढ्दा एकपटकबाहेक सधैं प्रथम नै भए । सरकारी विद्यालयमा अध्ययन गरे । प्लस टु पढ्ने बेलामा अंग्रेजी माध्यममा पढे । ‘डाक्टर बन्ने मेरो लक्ष्य थियो तर विभिन्न कारणले अध्ययन गर्न सकिएन । कक्षा एघार र बाह्रमा नेपालीमा नै प्रश्न आएको भए शायद मेरो सपना पूरा हुन्थ्यो होला ।’

२०७१ सालमा पोखरामा अध्ययन गरिरहेको समयमा उनले फेवाताल बचाऔं भन्ने अभियान चलाए । उनले हरेकका घरमा पम्पलेट पनि वितरण गरे । सुर्खेतमा २०७२ सालतिर एउटा ढलेको रुखमा दुई रुख रोप्थे । कुइनेपानी, कटकुवामा उनले ६७ वटा रुख रोपे । 

२०७४ सालमा उनले आफ्नै लगानीमा सडक सुरक्षा अभियान चलाए । २०६४ सालमा उनी पुतलीसडक चोकमा हिँडिरहेका थिए । बाटो क्रस गर्ने क्रममा एक आमाले आफ्नो बच्चालाई हातले तानिन् र उनलाई देखाउँदै भनिन्– त्यस्तै हुने रहर छ कि क्या हो ? उनको मन चसक्क भयो । 

‘म कुनै दुर्घटनामा परेर अपांग भएको थिइनँ । मैले उनको अगाडि गएर भनें, म यही कुराले अपांग भएको हो ? उनले माफी मागिन् । त्यसपछि मलाई जेब्राक्रसिङ बनाउन रहर लाग्यो ।’

२०७३ सालमा उनकी आमा बित्नुभयो । आमा बितेको छ महिनापछि उनले आफ्नो खातामा आमाले पैसा राखिदिएको थाहा पाए । 

आमाको सानो खाद्यान्न पसल पनि थियो । उहाँले उनको नाममा जनहितकारी सहकारी संस्थामा ९ लाख ४० हजार जम्मा गरिदिनुभएको रहेछ ।

‘कर्णाली प्रदेशमा नै जेब्राक्रसिङ थिएन । त्यो पैसाबाट मैले जेब्राक्रसिङ निर्माण गरें । वीरेन्द्रचोक, भ्याली भ्यू होटल अगाडि, भैरव स्थानअगाडि जेब्राक्रसिङ राखें । केटाकेटीलाई जेब्राक्रसिङ कसरी पार गर्ने भन्ने कुरा सिकाएँ ।’

रेडक्रस भैरवस्थान उपशाखाका उनी निर्वाचित सदस्य पनि हुन् । एक विद्यालयमा रंगरोगन गर्न जाँदा एक बच्चाको एक खुट्टा काटिएको रहेछ । तातोले खुट्टा खाइदिएछ । त्यो बच्चालाई बोर्डिङमा राख्नुपर्छ भनेर भने ।

‘एसओएस जस्तो विद्यालयमा कुरा गर्न गएँ, तर आमा र बुवाको मृत्यु दर्ता मागियो । उनका पिता भने बितेका रहेछन्, तर दुवैको उपलब्ध हुने कुरा भएन । त्यसपछि म बोर्डिङमा कुरा गर्न गएँ,’ उनले भने ।

त्यसपछि अपांगता भएकालाई उच्च शिक्षा अध्ययनका लागि संघीय सरकारले ३० हजार छात्रवृत्ति दियो । त्यो छात्रवृत्ति उनले हात पनि नचल्ने दोमन फौजा भन्ने बालकलाई सहयोग गरे । उनका बुवाआमा पहिले नै हराएका रहेछन् । अहिले पनि उनले ती बालकलाई पढाइरहेका छन् ।

विद्यालयमा बगैंचा

४० वर्षअघि स्थापना भएको सरस्वती प्राविको प्रांगण मरभूमिजस्तै थियो । त्यहाँ उनले वृक्षारोपण अभियान चलाए ।

‘पहिले खाल्डा खन्छु, मल हाल्छु, धुपी रुद्राक्ष, निम, अमला, जस्ता बिरुवा रोप्छु,’ आफ्नो अभियानबारे उनले भने, ‘विद्यालयमा गार्डेन नै बनाउनुपर्छ जस्तो लाग्छ ।’

उनले यो अभियान २०७४ सालमा शुरू गरेका हुन् । अहिलेसम्म किरणले २५ वटा विद्यालयमा बगैँचा बनाइसकेका छन् ।

सरकारी विद्यालयका केही शिक्षकले कुनै प्रोजेक्टबाट आएको हो कि भन्ने हल्ला चलाए । ‘विद्यालयमा बुटा लैजाने, जाली किनेर हाल्ने गर्थें, पहिले बाँस लगाउँथे । माइ स्कूल ग्रीन एण्ड क्लिन अभियान नै चलाएँ । व्यक्तिगत रूपमा नै मैले लगानी गरेको हुँ । विद्यालयमा बिरुवा रोप्दा विभिन्न समस्या झेलेको छु ।’

विद्यालयमा चौकीदार नहुँदा बिरुवाहरू रातिमा चोरिन थाले । बिरुवा भन्दा झार ठूलो भए, कसैले संरक्षण गरेनन् । 

‘४३ वटा जाली किनेको थिएँ । प्रतिविद्यालय आठवटा जाली हालें । जाली चोरी हुन्छ । धुपीको विरुवा चोरी हुन्छ । महंगो फूलहरू चोरिहाल्छन्, तयार भइसकेका बगैंचामा चोरी हुन्छ, कसले चोर्छ थाहा हुँदैन,’ उनले दुःखी हुँदै भने । उनलाई कहिलेकाहीँ लाग्छ, यो समाजमा सकारात्मकता कहिले आउला ?

उनी टाढाका विद्यालयमा पनि गए । अभियानका क्रममा उनले धेरै दुःख पाएका छन् । त्यसबारे लोकान्तरसँग उनले विस्तारमा कुरा गरे । 

भोगेका पीडा र भावी योजना उनकै शब्दमा..

‘ट्रेकिङ लट्ठीले हिडथें । मिडियामा आउन डर लाग्छ । म बेरोजगार छु । बिरुवा संरक्षण गर्न चुनौती छ । सबैले अपनत्व लिइदिएको भए हुन्थ्यो । देखाउनका लागि गरेको भन्छन् कि भन्ने डर लाग्छ । दशैंको छैठौं दिनसम्म पनि म विद्यालयमा नै जाने गरेको थिएँ ।

आफ्नै लगानीमा बनाइएको बगैंचामाथि बालुवा थुपारिदिन्छन् । कतै ब्याडमिन्टन खेल मैदान बनाए । बगैंचालाई मैदान बनाइदिन्छन् । आजको विद्यार्थीलाई वृक्षारोपण गर्न सिकाएर पर्यावरण बचाउन सकिएको भए राम्रो हुन्थ्यो । रुखलाई माया गर्न सिकाउन खोजेको हो मैले ।

ग्रीन क्लब अफ सरस्वती मावि जस्ता क्लब गठन गर्ने सोच बनाएको छु । जाजरकोटको छेडागाडका तीन विद्यालयमा, सुर्खेतकै कल्याणकाँधमा रहेको विद्यालयमा पनि बगैंचा निर्माण भएको छ । कहिलेकाँही मलाई फाउन्डेसन दर्ता गरौं कि जस्तो लाग्छ । यसले ट्रयाक बिगार्छ कि भन्ने पनि लाग्छ ।  साढे दुई लाखभन्दा बढी खर्च बगैंचा निर्माणमा भइसकेको छ । एक विद्यालयमा ३५ हजारभन्दा बढी लाग्छ ।

टाढा जाँदा गाडी भाडा लाग्छ । आफ्नै हो भनेर लागिरहेको छु । संरक्षण गर्न डर लागेको छ । सरकारी विद्यालयको चेतनास्तर अत्यन्त कमजोर छ । बिरुवा मरे मलाई खबर गर्नु भन्छु । सरकारले दिएन भन्छन्, आफैँले गर्दैनन् । ३२ हजार तलब खान्छन्, तर एउटा बिरुवाको पनि  हेरचाह गर्दैनन् ।

वीरेन्द्रनगरको वीरेन्द्रचोकलाई ब्यानररहित बनाउनुपर्छ भन्ने अभियान पनि चलाएको छु । कसैले दीप बाल्यो भने सबै टुक्रा उठाउने काम गर्छु । नेपालगञ्जमा पनि यस्तै अभियान शुरू गरेको थिएँ । ब्यानरहरूको पनि व्यवस्थापन गर्छु । दुर्घटनाको कारण ब्यानर र दीप नबनोस् भन्ने मेरो ध्येय हो ।

लियो क्लबको रिजन चेयर पर्सन थिएँ । आमा बितेको समयमा पनि भैली खेलेको हो । सबैले गाली गरे । भैली खेलेको पैसाले काम गर्नु थियो । गोठीकाँडा लगायतका पाँच विद्यालयमा विद्यार्थीको रक्त समूह छुट्ट्याइयो त्यो पैसाले । 

प्लास्टिकरहित कुइनेपानी बनाउने अभियानमा पनि संलग्न छु । अपांगता क्षेत्रमा पनि काम गर्न पाए हुन्थ्यो जस्तो लाग्छ । अहिले केही विद्यार्थीलाई अध्यापन समेत गराइरहेको छु । महासंघमा भएको भए अपांगता भएकाहरूका लागि केही गर्न सकिन्थ्यो जस्तो लाग्छ ।

हिमाली पुस्तकालय २०२४ सालमा स्थापना भएको हो । भैरवस्थानमा छ । म त्यसको उपाध्यक्ष हुँ । पुस्तकालयमा अध्ययन संस्कृतिको बढावा कसरी गर्न सकिन्छ भनेर लागिरहेको छु । अपांगता भएकाहरू पनि यो समाजका नागरिक हुन्, उनीहरू पनि अवसर पाएको खण्डमा जुनसुकै काम गभर्न पछि पर्दैनन् भनेर देखाउन लागिपरेको छु ।’

उनी स्कूटर चलाउँछन् । साइकल समेत चलाएका हुन् । शारीरिक असक्तताका बाबजुद पनि उनले सुरक्षित ढंगले यात्रा गरिरहेका छन् । कुनै अप्रिय क्षणको सामना गर्नुपरेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x