×

NMB BANK
NIC ASIA

तिहारमा पनि रोकिएन भारत पस्नेहरूको लर्को, भन्छन्– ‘अहिले नै नगए साहुले कामबाट निकाल्छन्’

कात्तिक २८, २०७७

NTC
Premier Steels

रोजगारीका लागि भारतको दिल्लीतर्फ जाँदै गरेको अवस्थामा भेटिएका अछाम कमल बजारका गणेश कुँवर गत वर्षको यो बेला आफ्नै घरमा तिहार मनाइरहेका थिए । तर यस वर्ष भने तिहारको मुखमै उनी रोजगारीका लागी भारत जाँदै छन् ।

Muktinath Bank

नाकाबाट भारत पस्नेहरूको भीडमा निकै उदास देखिरहेका उनलाई मैले सोधें– तिहार आयो त ? ‘सर तिहार त आउँछ जान्छ के गर्नु हाम्रो बाध्यता हामीसँगै छ,’ उनले जवाफ फर्काए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अब त तिहार आइसक्यो त मनाएर गएको भए पनि हुन्थ्यो नि ? मैले यति भनी नसक्दै,’ उनले जवाफ फर्काइहाले, ‘सर तिहार मनाउन त कसलाई रहर हुँदैन र मेरो पनि घरमा सानी दुई बहिनी छन् । उनीहरूको हात खाली छोडेर यसरी जानु पर्दा मन भतभती पोलेको छ । के गर्नु जानै पर्ने बाध्यता छ ।’ 


Advertisment
Nabil box
Kumari

‘आमा सारै बिरामी हुनुहुन्छ । ३ वर्ष भयो बिरामी भएको, अहिलेसम्म रोग नै पत्ता लागेको छैन । यहाँका सबै अस्पताल लगिसकें तर कहीँ गएर ठीक भएन त्यसैले आमालाई लिएर भारत जाँदैछु । केही काम गरेर उतै आमाको उपचार गर्छु । आमाको औषधि पनि सकिएको छ, उहाँलाई झन्झन् गाह्रो हुन थालेपछि मुखमै आएको तिहार छाडेर भारत जाँदैछु’, उनले भने। 

Vianet communication

कोरोना त्रासकै बीच गाउँ शहरमा तिहारको चहलपहल शुरू भइसक्दा पनि भारत जानेहरूको संख्यामा भने कमी आएको छैन ।

दशैँको समयमा भारत जानेहरूको लर्कोले भरिभराउ त्रिनगर नाकामा अहिले तिहारको समयमा पनि त्यस्तै लर्को छ । 

अहिले नगए साहुले कामबाट निकाल्छन् !

बुधवार पनि त्रिनगर नाकामा भारत जानेहरूको चाप थियो । सुरक्षाकर्मीहरूलाई भीड व्यवस्थापन गर्न अप्ठ्यारो भइरहेको थियो । भारत जानेहरूको लाइनमा सामाजिक दुरीको त के कुरा कसैले त मास्कको प्रयोग समेत गरेका थिएनन्।

रोजगारीका लागी भारतमै आश्रित सुदूरपश्चिमेलीहरूलाई तिहारको समयमा  भारत पस्नु नियति हो । ठेलमठेल गरी लाइनमा बसेका डोटीका ४५ वर्षीय पदम सुनार भन्छन्, ‘तिहारमा यसरी जानु पर्दा साह्रै न्यास्रो लागिरहेको छ । भारतमै मजदुरी गर्न थालेको २८ वर्ष हुन थाल्यो । अझै कति गर्नु छ, हेरौं ।’ 

‘घर आएको पाँच महिना पनि पुगेको छैन,’ उनले भने, ‘जेठ महिनामा कोरोनाको डरले घर आएको हुँ अहिले फेरि डरै–डरले गइरहेको छु ।’ 

‘भारतमा कोरोना बढ्न थालेपछि दुई महिनाको तलब पनि नबुझेरै घर आएको थिएँ । अहिले साहुले बोलाएका छन् । एक हप्तामा नपुग्यो भने अर्कालाई काममा राख्छु भनेका छन् । मेरो त पाँच वर्ष भयो त्यहाँ काम गर्न थालेको बाँकी तलब पनि बुझ्न बाँकी छ त्यसैले तिहार नमनाई जान लागेको हुँ’, उनले भने । 

‘तिहार अब मीठो मसिनो खाएर उतै मनाउनुपर्ला, दिदीबहिनीको हातको माला लगाउन नपाउँदा नरमाइलो लागिरहेको छ,’ यति भन्दै गर्दा उनको जाने पालो आयो र हात हल्लाउँदै भारततिर लागे । 

उनको जस्तै समस्या कञ्चनपुरको पुनर्वासका सुवास सिंहको पनि छ । विगत १० वर्षदेखि भारतमै रोजगारी गरिरहेका उनलाई पनि तत्काल काममा फर्किनैपर्ने बाध्यता छ । ‘भारतबाट साहुले तुरुन्त कामका आउनु भनेका छन्, त्यसैले जाँदै छु,’ उनले भने, ‘अर्काको नुन खाएपछि काम त गर्नै पर्‍यो । घर आउने बेला कोरोनाले गर्दा सबै काम बन्द  भएका थिए । अहिले फेरि काम शुरू भए, त्यसैले जाँदैछु ।’

कोही तिहार नहुने भएर त कोही उतै मनाउने गरी 

‘नाकामै भेटिएका कैलाली मोहन्यालका हर्क बुढा भने यसपालि तिहार नहुने भएर भारत गइरहेका थिए । ‘एक महिनाअघि मात्रै आफन्त बित्नुभयो,  तिहार नहुने भयो त्यसैले म भारत जाँदैछु,’ उनले भने । 

‘अब यसपालि तिहार पनि नहुने घरमा बसेर पनि के गर्नु, पछि कमाउन जानु पर्ने भारत नै हो । त्यसैले अहिले नै कमाउन भारत जाँदैछु’, उनले थपे, ‘भारत जाँदा आफूलाई मात्र समस्या हो तर नगए त घरमा खानलाउनै समस्या पर्छ । त्यसैले पनि जानैपर्ने बाध्यता छ ।’

कैलालीको घोडाघोडी नगरपालिका ९ जरैका २३ वर्षीय वीरेन्द्र भट्ट भने यसपालिको तिहार भारतमै मनाउने गरी जाँदै थिए । ‘बेरोजगार भएर कति बस्नु,’ उनले भने, ‘पैसा कमाउन केही न केही गर्नै पर्छ । आजसम्म आफ्नै ठाउँमा केही अवसर मिलिहाल्ला भनेर बसेको थिएँ । अब त जानैपर्ने भयो,’ उनले थपे, ‘साथीले काम खोजी सकेको छ भारतमा गएर सिधै काम गर्ने हो । दिदी भिनाजु पनि उतै हुनुहुन्छ, तिहार भारतमै मनाउँछु,’ उनले भने ।

तीन महिनामा ५० हजारभन्दा बढी भारत गए 

त्रिनगर नाकामा बिहानै बाट भारत जानेहरूको चहल–पहल भइरहन्छ । विगतका वर्षमा सीमानाका हुँदै चाडपर्व मनाउनेहरूको यस्तै घुइँचो हुने गरेको थियो तर यस वर्ष भने भारत जानेहरूको घुइँचो नाकामा छ । त्रिनगर नाका हुँदै दैनिक एक हजारदेखि १५ सयको हाराहारीमा नागरिकहरू भारत गइरहेका छन् । 

दशैं र तिहारको यो अवधिमा मात्रै त्रिनगर नाका हुँदै १७ हजारभन्दा बढी नेपाली भारत गइसकेका छन् । त्रिनगर नाकाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भूपाल थापाले भने, ‘भदौ १२ गतेदेखि कात्तिक २४ गतेसम्म ४८ हजार ५ सय ४२ जना यो नाका हुँदै भारत गएका छन् । दैनिक १ हजार बढी नै भारत गइरहेका छन्, सबै जोड्दा भदौयता ५० हजारभन्दा बढी नागरिकहरू भारत गइसकेका छन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x