
पाल्पाकी एक महिलाले शरीर जोडिएको अवस्थामा दुई शिशु (जुम्ल्याहा) जन्माएकी छिन् । प्रसूति व्यथाले च्यापेपछि धौलागिरि अस्पताल पुगेकी पर्वतको फलेवास नगरपालिका–२ कुर्घाकी २८ वर्षीया महिलाले शरीर जोडिएका शिशुलाई जन्म दिएकी हुन् ।
प्रसूति व्यथा लागेपछि महाशिला गाउँपालिकाको लुंखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी उनलाई पर्वत अस्पताल पठाइएको थियो । पर्वत अस्पताल कुश्माले समेत अवस्था गम्भीर रहेको भन्दै उनलाई धौलागिरि अस्पताल बागलुङमा
शल्यक्रियाका लागि जोखिमपूर्ण अवस्था रहेको भन्दै चिकित्सकहरुका बीचमा छलफल चलिरहेकै बेला उनले शिशु जन्माएको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले बताए ।
शरीर जोडिएर जन्मिएका शिशुको भने मृत्यु भएको छ । आमाको स्वास्थ्य अवस्था भने सामान्य बताइएको छ ।