११ असार २०८३, बिहीबार

राष्ट्रपति भण्डारी छठ पर्वका कार्यक्रममा सहभागी नहुने

मंसिर ४, २०७७
राष्ट्रपति भण्डारी छठ पर्वका कार्यक्रममा सहभागी नहुने
फाइल फोटो

राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौंका विभिन्न स्थानमा सरिक हुन नसक्ने भएकी छन् ।

राष्ट्रपति भण्डारी विगत वर्षका काठमाडौंका गुहेश्वरी–गौरीघाट र कमलपोखरीमा सहभागी हुने गरेकी थिइन् । राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले बिहीवार विज्ञप्ति जारी गरी सहभागी नहुने जानकारी दिएका हुन् ।

राष्ट्रपति भण्डारी यस वर्षको वडादशैंका अवसरमा शक्तिपीठको दर्शन र भ्रमणमा पनि गएकी थिइनन् ।

salt training

कमेन्ट गर्नुहोस्