०८ साउन २०८३, शुक्रबार

भीमेश्वरको शिलामा ‘पसिना’ आयो भन्दै जिल्ला प्रशासन कार्यालयले निकाल्यो विज्ञप्ति

भीमेश्वरको शिलामा ‘पसिना’ आयो भन्दै जिल्ला प्रशासन कार्यालयले निकाल्यो विज्ञप्ति

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले एक विज्ञप्ति नै जारी गरेर मंगलबार दिउँसो १ बजेर ४५ मिनेटदेखि ३ बजेर ४५ मिनेटसम्म पसिना आएको बताएको छ ।
शिलामा पसिना आएसँगै प्रचलित परम्पराअनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजा पाठ गरेका छन् ।
प्रशासनले भीमेश्वरको पूजा व्यवस्थापन समितिका पदाधिकारीसँग बैठक गरी राष्ट्रप्रमुख समक्ष प्रसाद पठाउने व्यवस्था मिलाइएको जनाएको छ । सो प्रसाद बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाउने व्यवस्था मिलाइएको प्रशासनको विज्ञप्तिमा उल्लेख छ । सो शिलामा पसिना आउँदा राष्ट्र प्रमुखलाई प्रसाद पठाउने प्रचलन रहिआएको छ ।

शिलामा पसिना आएपछि भक्तजनहरूले मन्दिर परिसरमा भेला भएर घण्टी बजाउने, धूप बत्ती गर्ने र मन्दिरका मुख्य व्यक्तिहरुले पंखाले शिलामा हम्कने लगायत गर्ने गरेका छन् । भीमेश्वरको शिलामा पानीका कालो थोपा देखिएर झर्ने क्रमलाई पसिना आएको विश्वास गर्ने गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्