
कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजन कमै गएका छन् ।
हरिबोधिनी एकादशीका दिन विगत वर्षमा नारायण मन्दिरमा भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण धेरैजसो नारायणस्थान बन्द गरिएको छ । खुला गरिएका नारायण मन्दिरमा पनि विगत वर्षमा भन्दा कमै भक्तजन गएका थिए ।