
गैंडाको खाग तस्करीमा संलग्नहरूलाई पक्राउ गर्ने क्रममा आइतबार बिहान बुटवलमा गोली चलेको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ८ स्थित एक होटलमा तस्करीमा संलग्नहरु बसेको सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी खडगबहादुर खत्रीले तस्करलाई समाउने क्रममा गोली चलेको पुष्टि गरे ।
खाग तस्करले प्रहरीको पेस्तोल खोसेर प्रहार गर्दा तस्करीमा सम्लग्न नै घाइते भएका छन् । प्रहरीले थप २ जनालाई नियन्त्रणमा लिएको छ भने एकजना भागेको बताएको छ ।