×

NMB BANK
NIC ASIA

‘साइकल यात्री’ भरतको स्वास्थ्य पुनर्जीवन सँगसँगै नाम र दाम

पुस १८, २०७७

NTC
Premier Steels

कैलालीका भरतविक्रम शाह ‘साइकल यात्री’ नामले पनि परिचित छन् । गोदावरी नगरपालिका–८ मजगाउँका ४१ वर्षीय शाह साइकल प्रेमी हुन् ।

Muktinath Bank

देशभित्र हुने दर्जनौं साइकल प्रतियोगितामा उनले भाग लिइसकेका छन् । प्रतियोगितामा मात्रै नभएर उनी दैनिक जीवनमा सबैभन्दा बढी साइकलसँगै नजिक छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भरतका हरेक गतिविधि साइकलमय हुने गरेका छन् । उनको सामाजिक सञ्जाल पनि साइकलमय छ, तस्वीरमा साइकल, स्टेटसमा साइकल र शेयर पनि साइकलसँगै सम्बन्धित मात्रै हुन्छन् ।


Advertisment
Nabil box
Kumari

समकक्षीहरू बुलेट बाइकमा हुइँकिदा भरत भने साइकललाई नै आफ्नो सहयात्री भन्छन् । ‘सबैले मोटरसाइकल किन्न हत्ते गर्दा म भने भिन्नभिन्न साइकल किन्न र त्यसैमा यात्रा गर्न रुचाउँथे,’ उनले भने, ‘यसैबाट म आफूलाई र मेरो राष्ट्रलाई चिनाउन चाहन्छु ।’ 

Vianet communication

साइकलले दिएको पुनर्जीवन

१२ वर्षअघि भरतलाई ‘प्यारालाइसिस’ भयो । वयस्क उमेरमा उठबस गर्नै नसक्ने भएपछि परिवार र आफन्त सबै चिन्तित भए । गरिखाने उमेरमा न गर्न, न खान सक्ने भए भरत । चिकित्सकले पुरानो अवस्थामा फर्कन निकै कठिन रहेको बताए ।

उनी र उनको परिवारमा भरत निको हुने झिनो आशा बाँकी नै थियो । ‘बैसाखी सहारा बन्ने बेला मेरो सहारा साइकल भयो । बिस्तारै–बिस्तारै साइकलमै सवार हुन थालें । असम्भव पनि सम्भव भयो,’ प्रशन्नता व्यक्ति गर्दै भरतले भने, ‘केही वर्षभित्रै म पहिलेभन्दा बढी स्वस्थ र तन्दुरुस्त भएँ ।’

साइकलले उनको ज्यान मात्रै बचाएन, नाम र दाम कमाउने माध्यम पनि बन्यो । आफैं प्यारालाइसिससँग जुधेका भरत स्वास्थ्यका लागि साइकलको प्रयोग सबैभन्दा उत्तम भएको बताउँछन् । 

उनी भन्छन्, ‘हामी रोगी भयौं भने उपचार शुरू गर्छौं तर रोग नै लाग्न नदिन केही गर्दैनौं । हाम्रै दिनचर्यामा केही सुधार ल्याउन सके रोगबाट टाढा रहन सकिँदो रहेछ ।’

यसरी शुरू भयो साइकल यात्रा

सन् २०१७ मा ‘काठमाडौं कोरा साइकल च्यालेन्ज’मा भरत सहभागी भए । संसारका उत्कृष्ट साइकलिस्टहरूसँग १०० किलोमिटर साइकल चलाएका भरतले यसैलाई आफ्नो गन्तव्य बनाउने सोचे । उनले भने, ‘त्यो नै मेरो पहिलो ठूलो कदम थियो ।’ स्थानीय क्षेत्रमा सामान्य रूपमा साइकल चलाइरहने भरत त्यही बेलादेखि यसैमा समर्पित भए ।

त्यसपछि २०१८ मा हेटौंडामा ७५ किलोमिटर साइकल चलाए । त्यो बेला उनले पहाडी क्षेत्रमा साइकल चलाएका थिए । नेपालगञ्जमा भएको प्रथम मेयर कपमा १९० जनालाई उछिने । ‘मलाई अतिथिको रूपमा बोलाइएको थियो तर साइकल देखेपछि नचलाई रहन सकिनँ,’ उनले भने, ‘म प्रतिस्पर्धीका रूपमा सहभागी भइनँ तर त्यो प्रतियोगितामा प्रथम भएका व्यक्तिलाई मैले ५ किलोमिटर पछाडि छोडेको थिए ।’

नेपालगञ्जबाट कोहलपुर हुँदै फेरि त्यहीँ पुग्ने गरी ३७ किलोमिटरको साइकल यात्रा शुरू गरिएको थियो । भरतले त्योभन्दा पहिले सुदूरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्र खप्तडमा साइकल पुर्‍याएका थिए । स्थानीय विवश शर्मा र खगेन्द्रसिंह धामीसँग उनले खप्तडमा पहिलो पटक साइकल पुर्‍याएका हुन् । धनगढीबाट खप्तडको दूरी ३०० किलोमिटर छ । साइकल यात्रीहरू ४ दिनमा खप्तड पुगेका थिए ।

गत मसिंर १ गते उनी आफ्नै घरबाट साइकलमा डोटीको बडिकेदार गाउँपालिकास्थित बडिकेदार धामको दर्शन गर्न पुगे । उनी भन्छन्, ‘म पहिलो पटक २ हजार ९०० फिटको उचाइमा साइकलबाट पुगे । त्यहाँ पुग्न मलाई ४ दिन लाग्यो ।’ 

कैलालीको अत्तरियादेखि बडिकेदारको दूरी १३० किलोमिटर छ । दूरी धेरै नभए पनि भौगोलिक विकटताले त्यहाँसम्म पुग्न सहज छैन । ४ दिनमा खप्तड पुगेका उनी संसारको सबैभन्दा सुन्दर ठाउँमा पुगेको जस्तो लागेको बताउँछन् । निकै कठिन यात्रा गरेर खप्तड पुगेका उनले त्यहाँ पुगेपछि स्वर्गको भूमि पुगेको आभास गरेको बताए ।

त्यसपछि उनी डोटीको बीपीनगरबाट गड्सेरा, जोरायल हुँदै बुडर पुगेका थिए । त्यसलगत्तै उनी डडेल्धुरा पुगे । उनले भने, ‘रावलतोली गुफा, घटाल बाबा, अमरगढी किल्ला, सबै ठाउँमा साइकल पुर्‍याएको छु । साइकलमा धार्मिक क्षेत्रमा पुग्नुको मज्जा नै बेग्लै हुँदो रहेछ ।’

उनी तीर्थराज अवस्थी र सुधीर गुरुङसँग डडेल्धुराको आलितालसम्म साइकलमै पुगे । आफ्नो साइकल यात्रा सम्झँदै उनी भन्छन्, ‘खप्तडमा कहिल्यै साइकल पुगेको थिएन । हामीले पहिलो पटक पुर्‍यायौं । बडिकेदारसम्म अझै धेरै वर्ष अरूले साइकल पुर्‍याउने सोच पनि गर्दैनन् जस्तो लाग्छ । सारै जोखिम छ । ५ घण्टा ठाडो उकालो छ । हिँड्न नै कठिन छ । त्यसैमाथि साइकल बोकेर हिँड्नु कहाँ सजिलो छ र ?’

त्यति मात्रै होइन, उनी बाजुराको बडिमालिका समेत साइकलमै पुगिसकेका छन् । ‘७ दिनसम्म साइकल चलाएर बाजुरा पुगें,’ उनले भने, ‘त्यहाँबाट साइकल बोकेर ४ दिनभित्रै बडिमालिका पनि पुगें ।’

साइकलबाटै पर्यटन प्रवर्द्धन

सुदूरपश्चिम प्रदेशमा साइकलको माध्यमबाट पर्यटन प्रवर्द्धनका प्रयासहरू भइरहेका छन् । सुदूरपश्चिममा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुदूरपश्चिम साइकल यात्रा २०७५’ आयोजना भयो । त्यसमा पनि सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा भरतले अहम् भूमिका खेले ।

हाल बर्सेनि राष्ट्रिय साइकल यात्रा हुने गरेका छन्, तिनमा सहभागिता जनाएर पनि भरतले सुदूरपश्चिमको पर्यटनको प्रचारप्रसार गरिरहेका छन् । उनी साइकलको माध्यमबाट सुदूरपश्चिमलाई चिनाउन सकिने बताउँछन् । ‘यहाँका मठ मन्दिरसम्म पुग्ने सबैभन्दा गतिलो साधन साइकल नै हो । यसको माध्यमबाट तीर्थयात्री बढाउन सकिन्छ,’ उनी भन्छन्, ‘सुदूरका ठूला तीर्थस्थलसम्म ठूला साधन जान नसक्ने हुँदा यसको गतिलो माध्यम साइकल बन्न सक्ने विश्वास छ ।’

‘अहिले पनि देशमा विभिन्न क्षेत्रबाट साइकल टूरको माग बढिरहेको छ । तर यहाँ त्यसको पूर्ण व्यवस्थापन हुन सकिरहेको छैन,’ उनी भन्छन्, ‘सबै निकायको सहयोग भए सुदूरपश्चिम प्रदेश साइक्लिङको लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ । भगवान्को दर्शन पनि गर्न मिल्ने ‘एडभेन्चर’ पनि हुने सुदूरका सबै मन्दिरमा पुग्ने हो भने दुवै फाइदा लिन सकिन्छ ।’

पहिलो चरणमा देशभित्र प्रदेश चिनाउने र त्यसपछि परदेशमा देश चिनाउने भरतको लक्ष्य छ । आगामी योजनाबारे बताउँदै भरतले भने, ‘सुदूरपश्चिम प्रदेशको सबै जिल्ला र ठाउँमा पुग्छु । १५–२० दिन लगाएर साइकलमै सुदूरपश्चिम भ्रमण गर्ने हो भने पूरै देश घुमेकोभन्दा बढी आनन्द आउँछ ।’ 
व्यावसायिक रूपमा सुदूरपश्चिममा साइकल रुट छैन । कतिपय रुटको पहिचान भरतले गरिसकेका छन् । यसबारे सरकारी निकायबाट कुनै पहलकदमी भएकै छैन । भरत भने रुट पहिचानको कामलाई निरन्तरता दिने योजनामा छन् ।

कैलालीको अत्तरिया हुँदै डोटीको बुडरबाट डडेल्धुराको परशुरामधाम हुँदै कञ्चनपुरको बेटकोट, दैजी र त्यहाँबाट पुनः कैलालीको अत्तरिया पुग्न सकिने उनले पहिचान गरेको रुट हो । ३ दिनको लागि यो सबैभन्दा उत्तम रुट हुने भरतको ठम्याइ छ । यसको दूरी करीब १९० किलोमिटर छ । उनी भन्छन् ‘यसलाई अन्तर्राष्ट्रिय रुट बनाउन सके सबैभन्दा सुन्दर र ‘एडभेन्चर’ हुन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x