मंसिर १७, २०८०
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
पुस २८, २०७७
छिमेकी देश भारतका विभिन्न राज्यमा बर्ड फ्लु फैलिरहेको छ । नेपालसँग सिमाना जोडिएका उत्तर प्रदेश तथा उत्तराखण्ड पनि बर्ड फ्लुको प्रकोप देखिएसँगै हामीहरू सतर्क हुनु आवश्यक छ । बर्ड फ्लु नेपालमा भित्रिन नदिनका लागि सरकार र सरोकारवालाले समयमै ध्यान नदिएमा एकातर्फ बर्ड फ्लु अर्थात् एभियन इन्फ्लुएन्जाको प्रकोप फैलिन सक्छ भने अर्कोतर्फ पोल्ट्री व्यवसाय धरापमा पर्नेछ ।
चराहरू बिरामी हुन थाले वा भटाभट मर्न थाले भने बर्ड फ्लु भएको बुझ्नुपर्दछ । ती संक्रमित चरासँगको संसर्गबाट मान्छेलाई पनि रोग सर्न सक्छ । यो रोगलाई एभियन इन्फ्लुएन्जा भनिन्छ । सन् १९९७ मा बर्ड फ्लुका कारण करीब ५०० जना मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
पन्छीलाई संक्रमण भएको कसरी थाहा पाउने ?
– पन्छीले स्वाँ-स्वाँ गर्ने, खोक्ने र सिँगान, र्याल आदि बगाउने गरेमा ।
– टाउको सुन्निएमा, सिउर-लोती नीलो रंगको भएमा ।
– फुल पार्न बन्द भएमा वा कमजोर बोक्रा भएको फुल पार्ने गरेमा ।
– पक्षघात भएमा ।
– दाना नखाने, तिर्खाउने र पखाला गर्ने गरेमा ।
– अकस्मात् र अस्वाभाविक रूपमा एकैचोटि धेरै पन्छीहरू मर्न थालेमा ।
कारण र रोकथाम
– बिरामी वा मृत घरेलु तथा जंगली चराचुरुङ्गी नछुने । घरमा पालेका कुखुरा, हाँस, बट्टाई, परेवा आदि पनि नछुने । ती चरा बिरामी भए वा मरे भने नछुने । टाढाबाट लठ्ठीले खाल्डोमा राखेर पुर्ने ।
– चराका सुली, प्वाँख, सतह, हिँड्ने ठाउँ नछुने । ती स्थानलाई ६० % भन्दा बढी अल्कोहल भएको ‘डिस इन्फेकट्यान्ट’ ले सफा गर्ने ।
– पैताला, जुत्ता, चप्पल आदिलाई राम्रोसँग धुने ।
– कुखुरा लगायत चराहरूको मृत्यु भएमा स्थानीय निकाय वा स्वास्थ्य संस्थामा खबर गर्ने ।
– बिरामी वा मृत चरा छुनु परेमा डिस्पोजेबल ग्लोभ्स लगाएर प्लास्टिकमा राख्ने र राम्रोसँग मुख बाँधेर डिस्पोज गर्ने ।
– कुखुरा आदि चराको मासु काट्दा, पकाउँदा सरसफाइको ख्याल गर्ने । ७० डिग्री सेल्सियस वा १६५ डिग्री फारेनहाइट तापक्रमसम्म पकाउने । काँचो मासु वा राम्रोसँग नपाकेको मासु नखाने ।
– सकभर चराहरूको मासु नखाने । अण्डा किन्ने बेलामा पञ्जा लगाउने अनि राम्रोसँग पकाएर मात्र खाने ।
– अण्डा र पन्छीको मासु बेच्ने खुला ठाउँमा, फोहोर ठाउँमा नजाने ।
– सकभर साकाहारी भोजन गर्ने वा चरा बाहेकको मासु खाने ।
– मास्क, स्यानिटाइजरको प्रयोग गर्ने ।
– बालबालिकालाई पन्छीको सम्पर्कमा रहन नदिने ।
– संक्रमित चराको र्याल, सिँगान, प्वाँख तथा सुलीबाट पनि एभियन इन्फ्लुएन्जा सर्दछ ।
यसका अतिरिक्त संक्रमित कुखुराको मासु बजारमा आउन नदिने, मरेका कुखुरा चलाउँदा विशेष ध्यान दिने, बर्ड फ्लु नदेखिएका ठाउँबाट मात्रै कुखुरा आयात गर्ने, दाना लगायतका सामग्री सँगसँगै कुखुराको ओसारपसार नगर्ने, खोरमा काम गर्दा आवश्यक मास्क, पन्जा तथा बुट लगाउने तथा फर्ममा बर्ड फ्लु देखिएमा काम गर्नेले स्वास्थ्य परीक्षण गर्ने लगायतका सावधानी अपनाउनु पर्दछ ।
एभियन इन्फ्लुएन्जाका लक्षणहरू :
– खोकी लाग्नु
– ज्वरो आउनु
– घाँटी बस्नु
– मांशपेशी दुख्नु
– टाउको दुख्नु
– सास फेर्न गाह्रो हुनु
– भोक नलाग्नु
– केही व्यक्तिलाई वाकवाकी लाग्ने, बान्ता हुने, पखाला लाग्ने तथा आँखा रातो हुने हुनसक्छ ।
– बर्ड फ्लु फैलिएको क्षेत्रबाट आएका व्यक्तिमा यी लक्षण देखिएमा अस्पतालमा जानुपर्दछ ।
बर्ड फ्लुबाट हुनसक्ने जोखिम
– निमोनिया
– आँखा पाक्ने
– सेप्सिस
– श्वासप्रश्वास फेलियर हुने
– मिर्गौला फेलियर हुने
– मुटुको समस्या हुने आदि ।
उपचार
यसको ठोस उपचार छैन । प्रभावकारी खोप पनि छैन । उपचारमा लक्षण अनुसारका उपचार गर्ने तथा एन्टिभाइरल औषधि (ओसेल्टाभिर, जानाभिर) ले रोगको गम्भीरता घटाउन सहयोगी छन् ।
H5N1 एभियन इन्फ्लुएन्जा सामान्यतया मानिसलाई लाग्दैन । यो संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न गाह्रो छ । तर यो संक्रमण मान्छेमा सर्यो भने यसको मृत्युदर करीब ६०% छ । सन् १९९६ मा भाइरस पत्ता लागेपछि विश्व स्वास्थ्य संगठनकै तथ्याङ्कअनुसार सन् २००३ देखि हालसम्म विश्वभरि जम्मा ८६० जना व्यक्तिहरूमा यो भाइरसको संक्रमण भएको बताइन्छ।
ती मध्ये ४५४ अर्थात् आधा जति बिरामीहरूको मृत्यु भएको तथ्यांकले देखाउँछ ।
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...