×

NMB BANK
NIC ASIA

कोरोना भाइरसविरुद्धको खोप ४ लाख ५० हजारलाई पुग्ने, थप ४० लाख डोज आवश्यक

माघ ९, २०७७

NTC
Premier Steels

 भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप एयर इन्डियाको विमानबाट बिहीबार बिहान नेपाल ल्याइएको छ। जुन खोपले सातै प्रदेशका ४ लाख ५० हजार जनालाई पुग्ने अनुमान गरिएको छ।

Muktinath Bank

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता  डा. जागेश्वर गौतमले १० लाख डोज खोप भण्डारण गरिएको जानकारी दिए। यो खोप २ देखि ८ डिग्री सेन्टिग्रेट तापक्रममा भण्डारण गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयका प्रवक्ता डा. गौतमले अनुदानमा उपलब्ध भएको खोप ५ लाख जनालाई पुग्ने अपेक्षा गरिए पनि केही खेर जान सक्ने बताए। ‘अलिअलि खेर जान पनि सक्छ। खेर गएको अवस्थामा  ४ लाख ५० हजारलाई खोप पुग्ला’, उनले भने।


Advertisment
Nabil box
Kumari

यो खोप दुई साताभित्र पहिलो डोज लगाउने तयारी छ। यद्यपि, मिति यकिन भइनसकेको मन्त्रालयले जनाएको छ। पहिलो खोप सातै प्रदेशमा एकसाथ खोप लगाउने तयारी  छ। अनुदानमा प्राप्त खोपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खोप रेफ्रिजेरेटर भ्यानमा राखेर टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा व्यवस्थापन गरिएको छ।  यस खोपलाई प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा पठाउने तयारी रहेको विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले बताए। पहिलो चरणमा चिकित्साकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा संलग्न व्यक्ति र सुरक्षाकर्मीलाई उपलब्ध  गराइनेछ।

Vianet communication

राष्ट्रिय खोप सल्लाहकार समितिले पहिलो खोप लगाएको व्यक्तिलाई चार सातापछि दोस्रो डोज खोप दिन सिफारिस गरेको छ। मन्त्रालयका प्रवक्ता  डा. गौतमका अनुसार पहिलो खोप कुन मितिमा लगाउने भनेर यकिन भइसकेको छैन। ‘दुई पटक खोप लगाउनुपर्छ। पहिलो डोज खोप लगाएको चार सातापछि दोस्रो डोज (मात्रा) लगाउनुपर्छ’, उनले भने।

औषधि व्यवस्था विभागले आपतकालीन प्रयोगका लागि माघ २ गते ससर्त अनुमति दिएको थियो। सेरम इन्स्टिच्युट अफ इन्डियाले यो कोभिसिल्ड खोप अक्सफोर्ड र एस्ट्राजेनेकासँग मिलेर उत्पादन गरेको हो। यो खोप भारतमा पनि लगाउन सुरु गरिएको छ।

खोप सेवा शाखा प्रमुख डा. गौतमले कोभिसिल्ड खोप १८  वर्ष नाघेका व्यक्तिलाई मात्र लगाइने जानकारी दिए। गर्भवती, सुत्केरी, स्तनपान गराइरहेका र रोग प्रतिरोधात्मक क्षमता  न्यून भएका व्यक्तिलाई खोप नदिइने मन्त्रालयले जनाएको छ।

सरकारले सरकारले कुल जनसंख्याको ७२ प्रतिशतलाई  निःशुल्क खोप उपलब्ध गराउने लक्ष्य लिएको छ।  खोप खरिदको लागि ४९ अर्ब लाग्ने अनुमान  गरिएको छ।
अपुग खोप खरिदका लागि स्वास्थ्य सेवा विभागलाई प्र्रक्रिया अघि बढाउन निर्देशन दिइएको प्रवक्ता डा. गौतमले बताए।  उनले भने,‘ दुईदेखि  आठ डिग्री तापक्रममा भण्डारण गर्न सकिने खोपलाई बढी प्राथमिकता दिइन्छ।’

थप ४० लाख डोज आवश्यक
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई कोरोना भाइरसविरुद्ध थप ४० लाख डोज खोप आवश्यक पर्ने बताएका छन्। बालुवाटारमा बिहीबार भारत सरकारका तर्फबाट राजदूत विनयमोहन क्वात्राले उपहारस्वरूप दिएको १० लाख डोज खोप बुझ्ने क्रममा प्रधानमन्त्री ओलीले थप खोप खरिद गर्नुपर्ने बताएका हुन्।

‘भारत सरकारले नेपाललाई कसरी उपलब्ध गराउन सक्छ, छलफल गर्न आवश्यक छ’, प्रधानमन्त्री ओलीले भने। उनले आवश्यक खोप खरिद गर्न नेपाल तयार रहेको बताए। उनले भारत सरकारले बाँकी खोप पनि उपलब्ध गराउने विश्वास व्यक्त गरे। भारतले नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्नु मित्रताको प्रतीकका रूपमा रहेको उनले उल्लेख गरे।

खोप हस्तान्तरण कार्यक्रममा भारतीय राजदूत क्वात्राले भारत सरकारको सहयोग निरन्तर हुने बताए। भारतले छिमेक पहिलो नीतिलाई प्राथमिकता दिएको उनको भनाइ थियो। बिहीबार मात्र भारतबाट आइपुगेको कोभिसिल्ड खोप भारतले सेरम इन्स्टिच्युट अफ इन्डियाले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको हो। भारतले यो खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको हो। अन्नपूर्ण पोस्टमा दिनेश गौतमले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x