
भारतको उत्तर प्रदेशमा रहेको मथुरामा ४० वर्षीया एक रुसी महिलाले शनिवार राति छतबाट हाम्फालेर आत्महत्या गरेकी छन् ।
रसियन बिल्डिङ भनी प्रख्यात वृन्दावनधाम अपार्टमेन्टबाट हाम्फालेर महिलाले ज्यान गुमाएकी हुन् ।
प्रहरी अधीक्षक मार्तण्ड प्रकाश सिंहले बताएअनुसार, ४० वर्षीया तान्या हेमोलोसकियाले साँझ लगभग सात बजे आत्महत्या गरेकी हुन् ।
तान्याकी एक साथीले उनी केही दिनयता तनावमा रहेको बताएकी थिइन् ।
प्रहरीले स्थानीयहरूसँग सोधपुछ गर्दा ती रुसी महिला भगवान् श्रीकृष्णको प्रेममा थिइन् र उहाँसँग भेट्ने चाहना राखेर छतबाट हाम्फालेकी हुन् ।
उनी धेरै वर्षदेखि रसियन बिल्डिङमा बसेर कृष्णभक्ति गरिरहेकी थिइन् । भगवानसँग भेट्ने तीव्र चाहना रहेको उनी स्थानीयहरूलाई बताउने गर्थिन् ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।