×

NIC ASIA

प्यासन फल नेपालका लागि एक बिल्कुल नौलो फल हो । तर विश्वमा यसको महत्त्व व्यापक छ ।

Muktinath Bank

नुवाकोटको सुन्दरादेवीका केही किसानले यो खेती गरेता पनि व्यावसायिक खेती भने हुन सकेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लहरे आँप अथवा षडरस लहरामा फल्ने एक प्रकारको फल हो । यसको नाम आँप भए पनि यो फल साधारण आँपभन्दा पूर्ण रूपमा फरक हुन्छ । यो फल दक्षिण अमेरिकाको रैथाने वनस्पति हो । 


Advertisment
Nabil box
Kumari

यो फल स्वास्थ्यका हिसाबले अमृत फल मानिन्छ । यो फल केही महंगो परेता पनि स्वास्थ्यका हिसाबले खासै महंगो मान्न सकिन्न । नेपालमा यो फललाई लहरे आँप भनेर पनि चिनिन्छ ।

Vianet communication

यो एक किसिमको लहरे फल भएका कारण यसलाई ‘भाइन म्यङगो’ पनि भनिन्छ । यसको फूल पनि निकै आकर्षक रङ्गिन हुन्छ । प्यासन फल पर्पल र ट्रोपिकल गरी २ किसिमका हुन्छन् ।

ट्रोपिकल जातको प्यासन फल पर्पलभन्दा छिटो फुल्छ र फल दिन्छ । एक पटक रोपेपछि ५ देखि ७ वर्षसम्म प्यासन फलले उत्पादन दिरहन्छ । काँचो प्यासन फलमा ७२ प्रतिशत पानी, २२ प्रतिशत कार्बाेहाइडेड, २ प्रतिशत प्रोटिन र ०.७ प्रतिशत चिल्लो पदार्थ हुन्छ । ब्राजिल हुँदै यो फल श्रीलंका, इन्डोनेसिया, इण्डिया हुँदै नेपाल छिरेको हो । गाउँघरमा यदाकदा पाइने यो फलको व्यावसायिक खेती भने खासै गरेको पाइन्न ।

साधारणतया १८ ग्राम प्यासन फलमा १७ क्यालोरी, फाइबर २ ग्राम, भिटामिन सी ९ ग्राम, भिटामिन ए ८ ग्राम, आइरन २ ग्राम र पोटासियम २ ग्राम हुन्छ । यदि तपाईं सर्जरी अपरेसनको दौरानमा हुनुहुन्छ भने यो फल सेवन नगर्दा राम्रो मानिन्छ ।

के–के बनाउन सकिन्छ प्यासन फलबाट ?

प्यासन फल बीचमा आधा काटेर स्कुप वा चम्चाले गुदी निकालेर खान पनि मिल्यो । यसबाट विभिन्न जुस, लस्सी, ड्रिन्क्स, मक्टेल्सहरू बनाउनुको साथै विभिन्न थरिका रङ्गिन केक तथा डेसर्टका आइटमहरू बनाउन सकिन्छ । केक सजाउन पनि यो फल अति उपयोगी मानिन्छ । प्यासन केक त झन् निकै प्रसिद्ध मानिन्छ । प्यासनको मुस केक पनि अति नै स्वादिष्ट मानिन्छ । यो फललाई सलादको रूपमा पनि व्यापक प्रयोगमा ल्याइएको छ ।

युरोपेली खानाहरूमा यो फल एक अभिन्न अंगको रूपमा लिएको छ । प्यासन फलको गुदी र दही मिसाएर एक प्रसिद्ध ड्रिङ्क्स बन्दछ, जसलाई प्यासन कर्ड भनिन्छ ।
     
यो फल खाँदा के–के फाईदा मिल्छ ?

– डाइबिटिजका रोगीका लागि अमृत सरह
– नियमित सेवन गर्दा क्यान्सर हुनबाट जोगाउँछ
– मुटु सम्बन्धी रोग लाग्नबाट जोगाउँछ 
– मस्तिष्कका लागि अति उपयोगी फल 
– हड्डी र दाँत मजबुत गराउँछ
– ब्लड सर्कुलेसन सहज गराउँछ 
– गर्भवती महिलाका लागि अति उपयोगी 
– वजन घटाउन महत्त्वपूर्ण भूमिका खेल्छ 
– छालामा मुलायमपन ल्याउन मद्दत गर्छ 
– सधैं जवान देखिने राज हुन्छ 
– उच्च रक्तचाप नियन्त्रण गर्न प्रमुख भूमिका खेल्छ 
– शरीरमा ज्यादा कोलस्टोर नियन्त्रण गर्न प्रमुख भूमिका खेलेको हुन्छ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x