
अमेरिकाको युनाइटेड एयरलाइन्स बोइङ ७७७ उडिरहेको अवस्थामै इन्जिनमा आगो लागेपछि डेन्भर अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गर्न बाध्य भएको छ ।
त्यसक्रममा विमानका टुक्राटाक्री अनेकौं घरमा छरिएका थिए ।
फ्लाइट ३२८ डेन्भरबाट होनोलुलु जाँदै गर्दा स्तब्ध बनाउने यो घटना भएको थियो । विमानको एक इन्जिनमा आगो लागेको र त्यसका ठूलै भागहरू चोइटिएका थिए ।
उक्त विमान २३१ यात्रु र १० जना कर्मचारी थिए । विमान सुरक्षित रूपमा अवतरण गरिएको थियो ।
विमान अवतरण हुँदा सबैले खुइय गरेका थिए र खुशी भएका थिए ।
तल रहेका मानिस चाहिँ ड्याङ्ङ आवाज आएको अनि आकाशबाट धातुको वर्षा भएको बताउँछन् ।
एकजना प्रत्यक्षदर्शीले घटना भएको विमानको भिडियो खिचेका छन् ।
I saw an explosion on this low flying aircraft over @broomfield about 45 minutes ago. Debris fell from the plane and left a black cloud of smoke. The plane continued on. Any new on if this plane landed safely? @BroomfieldPD @NMFirePIO @9NEWS @KyleClark pic.twitter.com/paMCdiuWMN
— Tyler Thal (@tgthal) February 20, 2021
BREAKING
— Marc Sallinger (@MarcSallinger) February 20, 2021
United flight 328 lands at DIA after losing part of its engine en route to Hawaii. Debris fell into a neighborhood in Broomfield as passengers onboard described a loud bang.
You can hear passengers clapping when the plane touched down.
Video: Troy Lewis #9News pic.twitter.com/lf8aOXLrsb