०२ साउन २०८३, शनिबार

प्रचण्ड दलको नेता बनेको पत्र बुझ्न संसद् सचिवालयको आनाकानी

फागुन २३, २०७७
प्रचण्ड दलको नेता बनेको पत्र बुझ्न संसद् सचिवालयको आनाकानी

फागुन २१ गते बसेको संसदीय दलको बैठकको निर्णय जानकारी गराउन नेकपाको प्रचण्ड–नेपाल पक्षका शीर्ष नेताहरू सभामुखको कार्यकक्षमा पुगेका छन् ।

संसदीय दलको नेता परिवर्तनको प्रस्ताव लिएर अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायतका नेताहरू आइतवार संसद्का महासचिव भरतराज गौतमको कार्यकक्षमा पुगेका हुन् । 

‘संसदीय दलको नेता परिवर्तनको जानकारी लिएर हामी महासचिवको कार्यकक्षमा आएका थियौं, महासचिवले कानूनविद्सँग परामर्श गरेर मात्र पत्र दर्ता गर्ने भन्नुभएको छ,’ सांसद अञ्जना विशंखेले भनिन्, ‘पत्र दर्ता नभएसम्म हामीहरू यहीँ बस्छौं भनेर नेताहरू बसिरहनुभएको छ ।’

शुक्रवार बसेको प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठकले केपी शर्मा ओलीलाई हटाएर प्रचण्डलाई दलको नेता बनाएको थियो । प्रतिनिधि सभाको बैठक आइतवार अपराह्न ४ बजे बस्दैछ । दलीय सहमति जुट्न नसक्दा आजको बैठक औपचारिकतामै सीमित हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्