३२ असार २०८३, बिहीबार

साविक एमाले र माओवादी केन्द्र ब्युँतियो

फागुन २३, २०७७
साविक एमाले र माओवादी केन्द्र ब्युँतियो

सर्वोच्च अदालतले 'नेपाल कम्युनिस्ट पार्टी' नामको आधिकारिकता ऋषि कट्टेलको पार्टीलाई दिएको छ ।

न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा नाम ऋषि कट्टेलको पार्टीले नै पाउने फैसला आइतवार सुनाएको हो ।

साथै सर्वोच्चले एकीकरण अघिका साविक नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा कायम रहने फैसला पनि सुनाएको छ ।

पुन: एकीकरण गर्ने हो भने निर्वाचन आयोगमा पुन: जानुपर्ने पनि फैसलामा उल्लेख छ ।​

salt training

कमेन्ट गर्नुहोस्