३२ असार २०८३, बिहीबार

३ विषयमा छलफल गर्न जसपाले बोलायो बैठक

फागुन २७, २०७७
३ विषयमा छलफल गर्न जसपाले बोलायो बैठक

सत्ता गठबन्धनबारे सत्तारुढ नेकपा एमालेसहित अन्य दलसँग पनि वार्ता गरिरहेको जसपाले पार्टी बैठक आह्वान गरेको छ । जसपाले चैत ५ गतेका लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको हो । बैठकमा समसामयिक राजनीतिक विषय, संगठनात्मक र विविध गरी ३ विषयमा छलफल हुने सो पार्टीले सम्पूर्ण पदाधिकारी तथा कार्यकारिणी सदस्यलाई सम्बोधन गरेर गरेको सूचनामा भनिएको छ ।
बैठक जसपाको केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ः३० बजे बस्नेछ ।

जसपा सरकारमा जाने विषयमा छलफल सुरु भएको छ भने नेकपा पूर्ववत् एमाले र माओवादी केन्द्रको नाममा ब्युँतिएपछि सरकार निर्माणमा जसपा निर्णायक भूमिका देखिएको छ । यही बीचमा बिहीबार मात्रै एमाले र जसपाबीच छलफल भएको छ भने सो छलफल सकारात्मक भएको नेताहरुले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्