×

NMB BANK
NIC ASIA

एमाले विवाद

उहाँहरू चीलतिर औंला देखाएर कुखुरा चोर्ने दाउमा हुनुहुन्छ– घनश्याम भुसाल [अन्तर्वार्ता]

चैत १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तारूढ दल नेकपा एमाले यतिबेला विभाजनउन्मुख देखिन्छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार झलनाथ खनाल-माधव नेपाल पक्षलाई खबरै नगरी महत्त्वपूर्ण निर्णय लिएका थिए ।

Muktinath Bank

ओलीले एकलौटीरूपमा महाधिवेशनको मिति तय, केन्द्रीय समितिमा मनोनयन लगायतका निर्णय गरेपछि खनाल-नेपाल पक्ष रुष्ट बनेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खनाल-नेपाल पक्षले शनिवार बैठक बोलाएर समानान्तर संगठन निर्माण गरेको छ । समानान्तर संगठन निर्माणका कारण एमाले कानूनी रूपमा एक भएपनि राजनीतिक रूपमा विभाजनको संघारमा पुगेको छ ।


Advertisment
Nabil box
Kumari

'तपाईंहरूले यत्रो ठूलो पार्टीलाई विभाजन गरेरै छोड्नुहुने भयो है' भनेर लोकान्तरकर्मी ईश्वर अर्यालले खनाल-नेपाल पक्षका नेता घनश्याम भुसाललाई सोधेका थिए ।

Vianet communication
Laxmi Bank

भुसालले विभाजनको शुरूआत केपी ओलीबाट नै भएको जिकिर गरे । आफूहरूबाट पार्टी एकजुट राख्न प्रयास भइरहेको भन्दै भुसालले ओली पक्षले न्यूनतम इमान्दारिता देखाउने हो भने पनि पार्टीको समस्या समाधान हुने बताए ।

प्रस्तुत छ, भुसालसँग गरिएको अन्तर्वार्ताको सम्पादित अंश :

नेकपा एमाले विभाजनको दिशातर्फ अग्रसर रहेको जस्तो देखिएको छ । विभाजन हुनै आँटेको हो भन्न मिल्छ?

फुट्ने भन्दा पनि पार्टी फुटाउने प्रयत्न भएको छ । २८ गते ओलीजीले आफ्नो टीमको बैठक बोलाएर विधानविपरीत निर्णयहरू गर्नुभयो । त्यो उहाँको फुट्ने प्रयत्न नै हो ।

यत्रो ठूलो उतारचढाव र असफलतापछाडि समग्रतामा उहाँले एकपटक रियलाइज गरेर फेरि एकताका लागि आह्वान गर्नुहुन्छ भन्ने हाम्रो आशा थियो । त्यसको विपरीत उहाँ पार्टी विभाजनको दिशातर्फ उन्मुख हुनुभयो । यसले चाहिँ खासगरी बाँकी रहेको कम्युनिस्ट आन्दोलन धरासायी बनाउँछ । किनभने संसदमाथि उहाँको आक्रमण, संविधानमाथि उहाँको आक्रमण एकता गठबन्धन बहुमत यो सबैमा उहाँ असफल हुनुभयो । व्यक्तिगत रूपमा उहाँ असफल हुनुभयो, पार्टी असफल भयो । आन्दोलनका रूपमा हामी सबै असफल भयौं ।

अब बाँकी रहेको यो पार्टी थियो, यसलाई पनि फुटाउने उहाँको प्रयास असाध्यै चिन्ताजनक छ । यसलाई सामना गर्नुपर्छ ।

तपाईंहरूले पनि समानान्तर संगठन बनाएर गरेर'टिट फर ट्याट' त गर्नुभयो नि ! विभाजनको एउटा कारण तपाईंहरूको गतिविधि पनि हो भन्न मिल्दैन ?

हामीले अलग पार्टी हो भनेका छैनौं । हामी महाधिवेशनमै दुईवटा टेबल राखेर नोमिनेसनसमेत अलग-अलग गरेका थियौं । माधव समूह र केपी समूह भन्ने थियो । त्यसरी दर्ता गरिएको पार्टी हो । महाधिवेशनदेखि नै एक खालले चलेको थियो । त्यो ठीक थियो या थिएन भन्ने बहस चलिराखेको छ । तर हामीकहाँ त्यो खालको अभ्यास भएर आएको हो ।

फरक के हो भने हामीले उहाँहरूले बैठक बोलाउनुहुन्छ भनेर सोचेका थियौं । नयाँ सन्दर्भमा अध्यक्ष र महासचिव उतै हुनुहुन्छ । हामीले त्यो आशा राखेका थियौं ।

सबै छाडेर ओलीजीले आफ्नो गुटको भेला बोलाउने र पार्टीको बैठक तथा निर्णय भन्ने र त्यसले पार्टीका नाममा लेटरहेडमा प्रेस वक्तव्य जारी गर्ने विषय र एकताका पक्षमा कसरी उभिन सकिन्छ भनेर हामीले गरेका भेलाहरू एकै हुँदै होइनन् ।

२०७१ सालको महाधिवेशनदेखि २०७५ सालको जेठ २ गते नेकपा नबन्दासम्मको समय हेरौं । त्यतिबेला जसरी एमालेमा दुई धार या गुट थियो, ओली र नेपालले त्यसको नेतृत्व गरेका थिए । दुवै नेता मिलेर गुटको व्यवस्थापन गर्न नसक्दा अहिलेको समस्या आएको हो ?

माधव वा केपीको प्रश्नै होइन । महाधिवेशनले जसरी पार्टी निर्णयहरूको कार्यान्वयन गर्न अध्यक्षलाई निर्देशन गर्छ, त्यो निर्देशन अनुसारका कामहरू भएनन् । एउटा महाधिवेशनबाट अर्को महाधिवेशनसम्म पार्टी चलाउन राजनीतिक, सैद्धान्तिक, हिसाबले महाधिवेशनले निर्देशन गर्छ ।

महाधिवेशनको लगत्तै ओलीजीले ती निर्देशनहरू पालना गर्न छाड्नुभएको स्थिति थियो । त्यसो गर्दाखेरि यो केपी या माधव मिलेर, लेनदेन गरेर पार्टीभित्र सौहार्दता कायम गर्न सक्ने प्रश्नै होइन । यो त महाधिवेशनका निर्णयहरू कार्यान्वयन गरेर अघि जानुपर्ने प्रश्न हो । यसलाई व्यक्तिको कुरा नभनौं ।

तपाईंहरूले बारम्बार भन्ने गर्नुभएको छ, महाधिवेशनले नीति एउटाको र नेतृत्व अर्कैको पारित गर्‍यो भनेर । अहिलेको समस्याको मुख्य कारण त्यही हो ?

महाधिवेशनले नीति एउटा चुन्ने र नेतृत्व अर्कै चुन्ने खालको परिस्थिति बिरलै सिर्जना हुने परिस्थिति हो । हाम्रोमा भयो । नेताले नीति नचिन्ने र नेताले नीति नचिन्ने अवस्था सिर्जना भएकै हो ।

नेकपा एमाले आन्तरिक लोकतन्त्रको अभ्यास गरेर विकसित हुँदै गरेको पार्टी हो । आन्तरिक लोकतन्त्रमा समस्या आए, तर त्यसलाई अझ बढी लोकतान्त्रिक विधिबाट समाधान गर्दै हामी अगाडि बढ्यौं । यो पछिल्लो परिस्थिति खडा भयो, अहिले हेर्दा नीति एउटा र नेतृत्व अर्को मिल्छ कि मिल्दैन भन्ने झन् ठूलो प्रश्न अगाडि आएको छ ।

नेता एउटा र नीति अर्को भएपनि नेताले नीतिको कार्यान्वयन गरेर महाधिवेशनले दिएको कार्यभार पूरा हुन्छ कि भन्ने हामीले सोचेका थियौं । महाधिवेशनको निर्णय नेताले कार्यान्वयन गर्दैनन् भनेर सोचिएन । यसलाई ओलीजीले समाउन सक्नुभएन ।

एमालेको ओली पक्षका नेताहरूले तपाईंहरूमाथि'पेरिसडाँडाको होमवर्क धुम्बाराही आएर गर्न खोजेको' भन्दै कटाक्ष या आरोप लगाउने गरेका छन् नि ?

यो चाहिँ चील आयो भनेर माथि औंला देखाउने र दुनियाँलाई भुलाएर तल कुखुरा चोर्ने तरिका हो, किनभने हामीले उठाएका मुद्दा र त्यसप्रतिको प्रतिबद्धतामा हाम्रो इमान कसैसँग भन्दा कम छैन ।

यसको अर्थ हामी बिजनेस पार्टनर हौं, हिजो बिजनेसमा मिलेका थियौं, बस्यौं । मिलेन फुट्यौं र अरूका बिजनेस इन्ट्रेस्टलाई ल्याएर हाल्दैछौं जस्तो असाध्यै तल्लो स्तरको कुराकानी गर्दै हुनुहुन्छ ।

त्यो उहाँहरूको राजनीतिक स्तरको हिसाबले नमिल्ने कुरा हो । हामी नेकपामा थियौं, अदालतले एउटा फैसला गरिदियो । अन्तिममा हामी बैठक बस्यौं र आफ्नो हिसाबले अलग भयौं । यो राजनीतिक हिसाबले उच्च राजनीतिक संस्कार देखाएका हौँ भन्ने लाग्छ ।

हामी एउटा बाटो हिँडेका थियौं, परिस्थिति बदलियो । त्यसले गर्दा आफ्नै ठाउँमा फर्कौं भन्ने कुरा त असाध्यै स्वाभाविक, प्राकृतिक उच्च राजनीतिक नैतिकताको कुरा हो ।

यसमाथि जसरी उहाँहरूले आक्रमण गर्नुभएको छ, यसले उहाँहरूमा राजनीतिक संस्कार छैन भन्ने देखाउँछ ।

पूर्ववत् पार्टीमै फर्काउने अदालतको निर्णयपछि त ओली समूहले खुशी मनाएको छ नि ! तपाईंहरू खुसी हुनुहुन्छ कि दु:खी ?

यो चाहिँ पेटभरि मासुभात खाएर आत्महत्या गर्ने जस्तो कुरा भयो । आज जे हुँदैछ, सबैको सत्यानासतर्फ जाँदैछौं । तर एकले अर्कालाई गाली गरेर सन्तुष्टि लिँदैछौं । अब सन्तुष्टि लिएको अभिनय लिएका छौं । उहाँहरूले सोच्नुपर्छ, यो भनेको कुनै खुशीको कुरा होइन ।

पार्टी तहसनहस भएको छ । जुन पार्टी एकता भयो भनेर हामीले करीब २ वर्षसम्म गाथा गाएर हिँडयौं, उहाँहरूले गाथा गाउनुभयो । त्यसको नैतिकता चाहिन्छ कि चाहिन्न ? आज त्यो फुट्यो भनेर दीपावली गर्ने कुरा हो ? नैतिक कोणबाट यसमाथि प्रश्न हुँदैन ?

अब ७ गते बोलाइएको बैठकमा तपाईंहरू जानुहुन्छ कि जानुहुन्न?

७ गतेको बैठक फेरि पनि वैधानिक हिसाबले बोलाइएको छैन । नेकपा एमालेको विधान र नियमअनुसार बैठकका एजेण्डाहरू सचिवालयले तय गर्छ । केन्द्रीय कमिटीको बैठकका एजेण्डा स्थायी कमिटीले तय गर्छ । त्यो प्रक्रियाबाट बोलाइएका बैठकमा हामी जतिखेर पनि तयार छौं । हामीले पर्खेर नै बसेका छौं ।

तर बाहिरको संविधान त खाइयो खाइयो, त्यसपछि भित्रको संविधान खाने जुन प्रक्रिया चलिरहेको छ, यसलाई हामीले स्वीकार गर्न सक्दैनौं ।

तपाईंको दृष्टिमा के भयो भने विभाजनउन्मुख पार्टी पुनः एकतातिर लम्केला?

स्वाभावैले कमिटीमा यो अहिले हामीले भोगेको जुन बित्यास छ, यसप्रति थोरै इमान्दार हुने हो भने यसको समाधान हुन शुरू हुन्छ । न्यूनतम इमान्दारिता देखाए मात्र पनि समस्या समाधान हुन्छ । 

अरू तमाम चिज होलान्, तर २०७५ सालको जेठ २ गते हामीलाई अदालतले नै फर्काइदिएको छ भने त्यो कुरामा हामी इमान्दार भयौं भने समाधान हुन्छ ।

त्यहाँ फर्किनका लागि सचिवालयको बैठक बोलाउनुपर्‍यो, स्थायी कमिटीको बैठक बोलाउनु पर्‍यो । अनि विधिवत ढंगबाट अघि बढ्नुपर्‍यो ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x