०१ साउन २०८३, शुक्रबार

मध्यरातमा उदाएका ललितपुर हाँक्ने कमाण्डर (फोटो फिचरसहित)

कात्तिक २०, २०७४
मध्यरातमा उदाएका ललितपुर हाँक्ने कमाण्डर (फोटो फिचरसहित)

ललितपुर, १० जेठ— एमाले—राप्रपा गठबन्धनलाई भत्काउँदै ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन विजयी भएका छन् ।
राप्रपा—एमाले गठबन्धनका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई पराजित गर्दै महर्जन मेयर पदमा विजयी भएका हुन् ।

महर्जनले २४ हजार ६ सय ४२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी व्यन्जनकारले २४ हजार ३ सय १६ मत प्राप्त गरे । यस्तै उपमेयरमा पनि कांग्रेसकै गीता सत्याल १९ हजार ८१९ मत प्राप्त गरी विजयी भइन् । निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यलाई ५ हजार ५ सय ७९ मतले पछाडि पार्दै उनी विजयी भएकी हुन् । साझाकी शाक्यले १४ हजार २४० मत प्राप्त गरिन् ।

को हुन् महर्जन ?



ललितपुरको पुल्चोकमा २०१४ सालमा जन्मिएका महर्जन त्रिभुनव विश्वविद्यालयबाट एमकम उत्तीर्ण हुन् ।

यसअघि उनी ललितपुर नगर र उपमहानगरमा तीनपटकसम्म निर्वाचित वडा अध्यक्ष थिए ।

एमाले— राप्रपा गठबन्धन असफल

गएराती आएको ललितपुरको चुनावी नतिजाले एमाले राप्रपा गठबन्धन असफल सिद्ध भएको छ । एमालेको राम्रो प्रभाव हुँदाहुँदै ललितपुरमा राप्रपाको पनि राम्रो उपस्थिति रहेको मानिन्छ । तर, दुई पार्टीबीचको तालमेल रहँदा पनि कांग्रेस विजयी भएको हो ।



मनोयन दर्ता गराउने दिन बैशाख २१ गते एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष कमल थापाबीच काठमाडौं र ललितपुरमा चुनावी तालमेल गर्ने समझदारी भएको थियो । जसअनुसार काठमाडौं र ललितपुरमै एमालेले मेयर र राप्रपाले उपमेयर पाएको थियो । गठबन्धनअनुसार राप्रपाले मेयर र एमालेले उपमेयरलाई सघाउनु पर्ने भएपनि त्यस्तो नपाइएको स्वयम् उम्मेदवारहरुले गुनासो गरेका छन् ।



ललितपुर महानगरपालिकाको राप्रपाको उपमेयर उम्मेदवार बाबुकाजी प्रधानले चुनावी तालमेल अनुसार आफूले भोट नपाएको भन्दै गुनासो गरे । मेयरमा कांग्रेस उम्मेदवारसँग एमाले उम्मेदवारले हारे पनि थोरै मनान्तरले हारेको भन्दै आफूलाई भने एमालेको भोट नआएको गुनासो गरे । उनी उपमेयरमा पराजित भए भए पनि साझा पार्टीकी उम्मेदवार भन्दा कम मत ल्याएर पराजित भएका छन् ।



यस्तै काठमाडौं महानगरमा पनि एमालेका विद्यासुन्दर शाक्यले फराकिलो मतान्तरले मेयरमा अग्रता लिइरहँदा राप्रपाका उपमेयर उम्मेदवार राजाराम श्रेष्ठ भने हार उन्मुख देखिएका छन् । यसले शीर्ष तहमा तालमेल भएपनि कार्यकर्ता स्तरमा तालमेल अस्वीकृत भएको देखाउने सो पार्टीसम्बद्ध नेताहरु बताउँछन् । श्रेष्ठले अहिले आफू यसविषयमा केहि नबोल्ने भन्दै अन्तिम परिणाम आएपछि पार्टीले गम्भीर समीक्षा गर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्