अपान वायु (पाद) सुँघ्न कसैलाई पनि मन पर्दैन ।
तर दक्षिण अफ्रिकामा एक यस्ता पादरी छन् जो मानिसको मुखैमा पाद्छन् । अचम्मको कुरा त, पादको गन्ध सुँघ्न टाढाटाढाबाट मानिसहरू उनकहाँ पुग्छन् ।
आध्यात्मिक तथा शारीरिक समस्या हटाउनका लागि मानिसको मुखैमा अपान वायु छोड्ने गरेको उनी बताउँछन् ।
यी पादरीको नाम क्राइस्ट पेनेलोप हो । उनी दक्षिण अफ्रिकाको सियांदनी गाउँमा रहेको एक चर्चका पादरी हुन् ।
आफूले पादेर ईश्वरको शक्तिको दर्शन गराएको पादरीको भनाइ छ । यसको आरम्भ जिससले पिटरमाथि गरेको उनको भनाइ छ । ईश्वरको शक्ति यसबाट देखिन्छ ।
उनी भन्छन्, व्यक्तिको नाकमा पाद्नु जरूरी छ किनकि यसमार्फत हीलिङ पावर मानिसको शरीरमा पस्छ र काम गर्न सक्छ । पाद सुँघेको व्यक्ति गहिरो निद्राबाट उठ्छ र रोग हराएको अनुभव गर्छ । यसबाट ईश्वरको शक्ति देखिन्छ ।