२८ असार २०८३, आइतबार

५०० वर्षपछि फेरि पृथ्वीमा सौर्य तुफानको डर, सञ्चार सुविधा अवरुद्ध हुने वैज्ञानिकहरूको चेतावनी !

चैत १९, २०७७
५०० वर्षपछि फेरि पृथ्वीमा सौर्य तुफानको डर, सञ्चार सुविधा अवरुद्ध हुने वैज्ञानिकहरूको चेतावनी !

आजभन्दा लगभग ५०० वर्षअघि अर्थात् सन् १५८२ मा महाविनाशकारी सौर्य तुफान आएको थियो । 

त्यस तुफानका कारण पृथ्वीको उत्तरी भागमा तीन रातसम्म आगो मात्र देखिएको थियो । आकाशको हरेक भाग आगोको ज्वाला जस्तो देखिन्थ्यो । 

अन्तरिक्षबाट आएको सौर्य तुफान फेरि आउने खतरा रहेको वैज्ञानिकहरूले बताएका छन् । सूर्यको सतहमा गडबडीको असर सौर्यप्रणालीमा पर्ने र त्यसको विनाशकारी असर पृथ्वीमा देखिने उनीहरू बताउँछन् । 

वैज्ञानिकहरूका अनुसार, अन्तरिक्षमा महातुफान आएमा पृथ्वीका लगभग सबै शहरमा बिजुली जान्छ । यसअघि सन् १९८९ मा सौर्य तुफान आउँदा क्यानडाको क्युबेक शहरमा १२ घन्टाका लागि बत्ती गएको थियो । 

अहिलेको समयमा संसार कम्प्युटर र अटोमेसनमा बढी निर्भर भएकाले पछिल्लो तुफानभन्दा यसपालिको तुफानको परिणाम बढी भयावह हुन सक्ने वैज्ञानिकहरूको चेतावनी छ । 

सौर्य तुफानले अन्तरिक्षमा घुमिरहेका भूउपग्रह प्रभावित हुने र सञ्चार प्रणाली ठप्प हुन सक्ने सम्भावना रहन्छ ।

अमेरिकाको कोर्नेल विश्वविद्यालयको अनुसन्धानअनुसार, सन् १५८२ मा आएको सौर्य तुफानका कारण ध्रुवीय प्रकाश (अरोरा बोरियालिस) लाई ध्रुवहरूका साथै भूमध्यरेखासम्म देखिएको थियो । 

सौर्य प्रणालीमा अनुसन्धान गर्ने वैज्ञानिकहरूले विगतका घटनाको अनुसन्धान गरेर सूर्यमा आउने तुफानको प्याटर्न पत्ता लगाउन खोजेका छन् । 
 

विज्ञहरूका अनुसार, ११ वर्षको चक्रमा सूर्यको गतिविधि बढी र घटी हुन्छ । सौर्य चक्र २५ पोहोर साल मात्र शुरू भएको हो अर्थात् सन् २०२५ मा सूर्य चरम अवस्थामा पुग्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्