कुकुरलाई मास्क लगाउँदै यी व्यक्तिले भने – म मरुँला तर यसलाई मर्न दिन्न ! भिडियो भाइरल

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बच्न हरेक व्यक्तिले मास्क लगाउनुपर्ने मापदण्ड विश्वभर नै लागू छ ।

यस्तो बेला भारतबाट एउटा अनौठो भिडियो सार्वजनिक भएको छ, जसमा एक जना व्यक्तिले आफूले मास्क नलगाई कोरोनाबाट बचाउन कुकुरलाई मास्क लगाइदिएका छन् ।


Advertisement

इन्स्ट्राग्राममा भाइरल भइरहेको भिडियोमा देखिएका व्यक्ति हिन्दी भाषामा बोलिरहेका छन् । उनले आफ्नो काँधमा मास्क लगाएको कुकुरलाई बोकेका छन् भने आफूले मास्क लगाएका छैनन् ।

भिडियोमा उनले आफ्नो नाम मोहनलाल देवांगन बताएका छन् । आफूले मास्क नलगाई कुकुरलाई लगाइएकोबारे प्रश्न गर्दा उनले भने, ‘म मरुँला तर यसलाई मर्न दिन्न । बच्चा हो मेरो । बाल्यकालबाट पालेको हुँ ।’

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्