
थाइल्यान्डमा एक बौद्ध भिक्षुले भगवान् बुद्धलाई आफ्नो शिर काटेर चढाएका छन् ।
द डेली मेलमा छापिएको खबरअनुसार, थप महान् आध्यात्मिक जीव बन्नका लागि उनले यस्तो बलिदान गरेका हुन् ।
थाम्माकोर्न वाङप्रीचा नामक ती भिक्षुले यसका लागि पाँच वर्षदेखि तयारी गरिरहेका थिए ।
आफूले यसरी शरीर बलिदान गरेपछि अर्को जन्ममा सौभाग्य प्राप्त हुने उनको विश्वास थियो ।
ती भिक्षुलाई नोङ बुआ लाम्फु प्रान्तको वात फु हिन मन्दिरमा अप्रिल १५ मा मृत अवस्थामा फेला पारिएको थियो ।
उनका भतिजा बूनचर्द बूनरोदले मृत शरीर फेला पारेका थिए । अनि संगमरमरको स्ल्याबमा भिक्षुको योजना पनि कुँदिएको थियो ।
भगवान् बुद्धको मूर्तिमा गिलोटिन राखेर उनले आफ्नो टाउको छिनाएका थिए । उनको शिर बुद्धको हातमा परेको थियो ।