२२ असार २०८३, सोमबार

भारत : रक्सी नपाएपछि पिए स्यानिटाइजर, ७ जनाको मृत्यु

बैशाख १२, २०७८
भारत : रक्सी नपाएपछि पिए स्यानिटाइजर, ७ जनाको मृत्यु

भारतको महाराष्ट्रमा रहेको यवतमालमा स्यानिटाइजर पिएर सातजनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार, उनीहरूले रक्सी नपाएपछि स्यानिटाइजर पिएका थिए । उनीहरूको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनीहरूको मृत्यु भयो । 

लकडाउनका कारण रक्सी पसलहरू बन्द छन् । मदिराको लत लागेकाहरू खोजीमा यताउता दौडिरहेका छन् । 
 

दत्ता लांजेवार र नूतन पाथकर नामक दुई व्यक्ति स्यानिटाइजर पिएर घर गए । राति उनीहरूलाई छातीमा पीडा भयो । त्यसपछि अस्पताल भर्ना गरियो । केही समयपछि उनीहरूको मृत्यु भयो । 

मृतकका नातेदारहरूले प्रहरीलाई खबर नगरिकनै अन्त्येष्टि गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्